ज्ञानुबाबा माविको ३९ औं वार्षिकोत्सव

पोखरा ।
मिरुवामा अवस्थित ज्ञानुबाबा आवासीय माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ३९ औँ वार्षिकोत्सव, अभिभावक दिवस एवं विविध सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समारोह शनिबार सम्पन्न भएको छ ।
वार्षिकोत्सव कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नारायणप्रसाद सुवेदीले विद्यालयको ३९ वर्षसम्मको यात्रा एवं समग्र विकासको श्रेय विद्यालय सञ्चालक, शिक्षक, कर्मचारीको लगाव भएको बताए ।
कार्यक्रममा वरिष्ठ समाजसेवी नन्दकुमारी गुरुङ, राष्ट्रिय महिला भलिबल टिम कप्तान अरुणा शाही, समाजसेवी मिस युके नेपालकी डाइरेक्टर शान्ति गुरुङ, विद्यालयका शिक्षकहरु दीपा दाहाल, शान्त घले, पूर्णकुमारी घलेलाई दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा शैक्षिक सत्र २०७६, २०७७ र २०७८ को विद्यार्थीहरूको पुरस्कार वितरण समेत गरिएको थियो । विद्यालयको अक्षयकोषबाट २५ विद्यार्थीलाई समेत सम्मान गरिएको थियो । कार्यक्रममा विशेष अतिथि प्याब्सन कास्की अध्यक्ष मथुरा पौडेल, वडा नम्बर १ का वडा अध्यक्ष दिवसमान प्रधानांग, समाजसेवी खगेन्द्र पराजुली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
गण्डकी खेलकुद परिषदका उपाध्यक्ष धोजकुमार गुरुङले विद्यालयले शिक्षा र खेलकुदको क्षेत्रमा पुर्याएको योगदानको चर्चा गरे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयकी प्राचार्य शुभकन्या गुरुङले विद्यालयको प्रगति विवरण एवं भावी योजनाका बारेमा जानकारी दिइन् ।
कार्यक्रममा स्वागत शिक्षक शरण सापकोटा र विद्यार्थी प्रिया श्रेष्ठले गरे । कार्यक्रम सञ्चालन बाबुराम सुवेदीले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया