संगम सहकारीको अर्धवार्षिक समीक्षा
पोखरा ।
संगम बचत तथा ऋण सहकारी संस्था, पोखरा १५ ले २०७९/०८० को अर्ध वार्षिक समीक्षा सम्पन्न गरेको छ । अध्यक्ष नवराज तिवारीले सबैको सक्रिय सहभागिता प्रति धन्यवाद दिँदै संगम सहकारी नीति, विधि र प्रविधिमा चलेको हुनाले यो विषम परिस्थितिमा पनि सन्तुलित तरिकाले अगाडि बढेकोमा खुसी व्यक्त गरे ।
संरक्षक एवं सल्लाहकार नीरज थापाले सदस्यको संख्याले भन्दा पनि सक्रियताले सहकारीको प्रगति निर्धारण गर्ने हुनाले त्यसतर्फ ध्यान दिन सञ्चालक समितिलाई अनुरोध गरे ।
लेखा संयोजक भोविन्द्र गिरीले संस्थाको तरलता पर्याप्त देखिएकोमा खुसी व्यक्त गरे । सञ्चालक तिलक थापाले सदस्यहरुद्वारा प्रजातान्त्रिक नियन्त्रण भन्ने सिद्धान्त सबैले आत्मसात गर्नुपर्ने बताए ।
शिक्षा उपसमिति सदस्य तुलबहादुर गुरुङले पुराना सदस्यलाई सक्रिय बनाउनेतर्फ ध्यान दिनुपर्ने बताए । शिक्षा उपसमिति सदस्य सरस्वती अधिकारीले विभिन्न कार्यक्रम मार्फत सदस्य र समुदायसँग निरन्तर जोडिनुपर्नेतर्फ जोड दिइन् ।
सचिव धनराज पुरीको सञ्चालन र कार्यालय प्रमुख बृहस्पति अधिकारीको संस्थागत प्रस्तुति रहेको सो बैठकमा कोषाध्यक्ष भरतबहादुर थापा, कानुनी सल्लाहकार दयाराम गौतम, बचत उपसमिति सदस्य ईश्वरीप्रसाद पौडेल लगायतले भनाइ राखेका थिए ।
तपाईको प्रतिक्रिया