
तनहुँ ।
विद्युत प्राधिकरण, तनहुँ विरतण केन्द्र दमौलीले जिल्लालाई ‘उज्यालो तनहुँ’ घोषणा गर्ने भएको छ । विद्युत पहुँच नपुगेका क्षेत्रमा विद्युतीयकरण गरी यसै वर्षभित्र अन्धकारमुक्त जिल्ला घोषणा गर्न लागेको हो ।
देवघाट गाउँपालिकाका केही वडामा विद्युत पहुँच पुग्न बाँकी रहेकाले विद्युत बिस्तारको कार्य तिव्र गतिमा भइरहेको वितरण केन्द्रका प्रमुख मेखराज जोशीले जानकारी दिए । उनका अनुसार देवघाटका केही वडामा बाहेक सबै क्षेत्रमा विद्युतीयकरण भइसकेको छ ।
बन्दीपुर–६ स्थित साराङघाटमा ३३/११ केभी क्षमताको ट्रान्समिटरको काम भइरहेकाले उक्त काम सम्पन्न हुनेबित्तिकै सबस्टेशन सञ्चालनमा ल्याई देवघाट क्षेत्रमा विद्युत सप्लार्यस गर्ने योजना रहेको उनले बताए ।
देवघाट गाउँपालिकाको वडा नं १ को जामुने देउसरामा पचहत्तर, वडा नं २ को डिहीमा बीस, च्यापिङ्गा चालिस, वडा नं ३ को साविडाँडामा बीस, क्वादी फस्टेपानीमा साठी घरमा विद्युत पहुँच पुर्याउन बाँकी छ ।
“ती वडामा विद्युत विस्तारका लागि चार वटा विद्युत् खम्बा आवश्यक छ”, उनले भने । त्यस्तै वडा नं ४ मा बजेट माग गरेर टेन्डरमार्फत तार टाँग्ने काम भइरहेको छ । उनले भने, “एक/दुई घरमा विद्युत पुर्याउन धेरै खम्बा आवश्यकपर्ने स्थानमा विद्युत विस्तार गरिएको छैन् ।”
जिल्लामा कूल ४३ हजार विद्युतका ग्राहक छन् । विद्युत प्राधिकरण, तनहुँ विरतण केन्द्र दमौलीले ३८ लाख १५ हजार सात सय २३ विद्युत महसुल बक्यौता रहेको जनाएको छ ।
विसं २०७९ साउन १ देखि पुस मसान्तसम्म ३८ लाख १५ हजार सात सय २३ विद्युत महसुल बक्यौता रहेको छ भने ९० लाख ९० हजार दुई सय ७७ महशुल शुल्क असुली गरिसकेको सो केन्द्रले जनाएको छ ।

राष्ट्रिय समाचार समिति (रासस)
रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया