‘हल्कारा’ वैशाख २९ बाट

समाधान संवाददाता २०७९ फागुन २ गते ११:०१

काठमाडौं ।
अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’ वैशाख २९ गते रिलिज हुने भएको छ । अमेरिकामा नै बसोबास गर्दै आएका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी र विनिता थापामगरको मुख्य भूमिका छ ।

फिल्मले गाउँमा चिठ्ठी पु¥याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस गरेको निर्देशक सापकोटाले बताए ।

फिल्ममा महेश त्रिपाठीले रामको रुपमा हुलाकीको चरित्र निर्वाह गरेका छन् भने विनिता थापा मगर मियाँको भूमिकामा छिन् ।

Advertisement

‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए ।

यस्तै फिल्म नेपाल अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो । फिल्ममा उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्की लगायतको अभिनय छ ।

Advertisement

फिल्मलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले मिलेर लेखेका हुन् । चिन्तन राजभण्डारीको छायांकन रहेको फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् ।

फिल्मको सम्पादन पनि विक्रम स्वयंको हो । फिल्मलाई काठमाडौंमा करण श्रेष्ठ र जिजिए ग्रुपले वितरण गर्ने छन् ।

तपाईको प्रतिक्रिया