जनयुद्धको विरोध गर्दा गोरखामा क्याम्पस प्रमुखमाथि हातपात

पोखरा ।
गोरखाको लक्ष्मीबजारस्थित द्रव्यशाह बहुमुखी क्याम्पसका प्रमुख रामचन्द्र दुवाडीमाथि हातपात भएको छ ।
जनयुद्धको सन्दर्भमा दवाडीले सामाजिक सञ्जालमा पोस्ट गरेको अभिव्यक्तिलाई लिएर अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइका विद्यार्थीहरुले मंगलबार बिहान उनीमाथि हातपात गरेका हुन् ।
इकाइ अध्यक्ष अनीश अर्याल नेतृत्वमा आएका केही युवाहरूले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेको टेबलसमेत तोडफोड गरेका छन् । इकाइ अध्यक्ष अर्यालसँग आएका अन्य युवा भने क्याम्पसका विद्यार्थी नभएको उनको दाबी छ ।
दुवाडीले सामाजिक सञ्जालमा पोस्ट गरेको अभिव्यक्तिको विरोधमा अनेरास्ववियू (क्रान्तिकारी) क्याम्पस इकाइले सोमबार राति विज्ञप्तिसमेत जारी गरेको थियो ।
दुवाडीले ‘कथित जनयुद्ध शब्दलाई वैधानिक दृढता गर्ने वर्तमान सरकार मुर्दावाद’ भन्ने अभिव्यक्ति दिएको भन्दै १२ घण्टाभित्र सार्वजनिक रूपमा माफी माग्न माग गरेका विद्यार्थीले मङ्गलवार क्याम्पस प्रमुखकै कार्यकक्षमा प्रमुखमाथि हातपात गरेका हुन् ।
तपाईको प्रतिक्रिया