अधिकारी र ज्ञवाली भेषजबिन्दु साहित्यिक पुरस्कारबाट सम्मानीत

पोखरा ।
भेषजराज साहित्य प्रतिष्ठानले वालिङ–११, पेखुमा स्रष्टा भेषजराज शर्माकै घरमा कार्यक्रम गरेको छ ।
वालिङ नगरपालिकाको विशेष सहयोगमा आयोजित कार्यक्रममा भेषजबिन्दु साहित्यिक पुरस्कार विश्वप्रेम अधिकारीलाई र भेषजराज साहित्य सम्मान नारायणप्रसाद ज्ञवालीलाई प्रदान गरिएको छ ।
प्रमुख अतिथि गजलकार बर्दघाट प्रज्ञा प्रतिष्ठानका कुलपति डा.घनश्याम न्यौपाने ‘परिश्रमी’ले प्रतिष्ठानले भेषजराज शर्माको साहित्यिक योगदानलाई बाहिर ल्याएर स्तुत्य कार्य गरेको बताए ।
कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार डा. अच्यूतशरण अर्याल, संस्थापक सल्लाहकार महाकाव्यकार माधव वियोगी, पाल्पा साहित्य समाजका संरक्षक राजेन्द्रगोपाल सिंह, अध्यक्ष पुष्कर अथक रेग्मी, पोखराथोक साहित्य समाजका अध्यक्ष हरि भट्टराई, वालिङ नगरपालिका वडा नं. ११ का वडा अध्यक्ष दण्डपाणि पंगेनी, वडा नं. ११ कै वडा सदस्य आनन्दकुमार खाँण, वडा नम्बर ८ का वडा सदस्य चोलाकान्त अर्याल, गुप्ततारा स्मृति प्रतिष्ठानका अध्यक्ष अनन्त अर्याल, ज्याग्दीखोला साहित्य प्रतिष्ठानका अध्यक्ष देवेन्द्र लम्साललगायतले बोलेका थिए ।
महेश्वर शर्मा, देवीप्रसाद वनवासी, पिताम्बर नेपाली, चिन्तु गिरी, सूर्यप्रसाद डुम्रे, ज्ञानेश्वर रेग्मी र नारायणप्रसाद ज्ञवाली सम्मानित भइसकेको । केदार शर्मा ढकाल, देवेन्द्र लम्साल, मित्रलाल पंज्ञानी, पशुपतिनाथ तिमल्सेना, गंगा पौडेल कर्माचार्य र विश्वप्रेम अधिकारीले भेषजराज साहित्य पुरस्कार प्राप्त गरिसकेका छन् ।
कार्यक्रममा लखनेदेखि कागतीभञ्ज्याङ हुँदै देउराली कोखे जाने सडकको नामकरण भेषजराज मार्ग राख्नका लागि स्थानीय तहमा स्थानीय जनताको हस्ताक्षरसहितको निवेदन पेस गर्ने निर्णय पनि गरिएको थियो ।
प्रतिष्ठानका अध्यक्ष यमकान्त खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शर्माकी भतिजी मीठु रेग्मी अर्यालले सम्पूर्णलाई धन्यवाद व्यक्त गरेकी थिइन् । कार्यक्रमको सञ्चालन सचिव श्यामप्रसाद ढुंगानाले गरेका थिए ।
तपाईको प्रतिक्रिया