प्रदेशका समस्याबारे प्रधानमन्त्रीलाई मुख्यमन्त्री अधिकारीको ध्यानाकर्षण
समाधान संवाददाता
२०७९ फागुन २ गते १९:३९

पोखरा ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ॅप्रचण्ड’लाई प्रदेश सञ्चालनमा देखिएका समस्या समाधानबारे छलफल गरेका छन् ।
काठमाडौंमा मंगलबार प्रधानमन्त्री प्रचण्डसँग भेटेर मुख्यमन्त्री अधिकारीको प्रदेश सञ्चालनका विषयमा ८ वटा बुँदामा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । साझा अधिकारका बारेमा केन्द्रले बनाउनुपर्ने कानुन नबनेको, काममा दोहोरोपन, तेहेरोपन भएको, संघीय निजामती ऐन अभाव, प्रहरी समायोजन जस्ता विषयमा प्रधानमन्त्रीसँग छलफल भयो,’ मुख्यमन्त्री अधिकारीले भने ।
संघीयता कार्यान्वयनका विषयमा छलफल भएको मुख्यमन्त्री अधिकारीले सुनाए । ‘हामीले राखेको कुरामा प्रधानमन्त्री सकारात्मक नै हुुनुहुन्छ,’ अधिकारीले भने ।
सम्बन्धित
तपाईको प्रतिक्रिया