मुस्ताङको कालोपत्रे सडकमा बस दुर्घटना हुँदा १७ जना घाईते,बस कालिगण्डकीमा खस्यो

समाधान संवाददाता २०७९ फागुन ३ गते १०:२१

जोमसोम– मुस्ताङको जोमसोमबाट पोखरातर्फ जाँदै गरेको म्याग्दी कोरला यातायात प्रा.लि.को यात्रु वाहक बस मुस्ताङको थासाङ गाउँपालिका–३ धम्पु स्थित कालोपत्रे सडकमा दुर्घटना भएको छ । जोमसोमबाट १७ जना यात्रु लिएर पोखरातर्फ जाँदै गरेको ना ७ ख ७४४० नम्बरको यात्रु बाहक बस बुधबार बिहान ८ः३० बजेको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

Advertisement

राष्ट्रिय गौरवको बेनी–जोमसोम सडकको धम्पु स्थित सडकको बाँया करिव ५४ मिटर तल कालिगण्डकी नदीमा बस खसेको प्रहरी नायव उपरिक्षक (डिएसपी)रविन्द्रनाथ पौडेलले जानकारी दिए । बसमा सवार १७ जना यात्रु घाईते भएका छन् । जसमध्ये ४ जना गम्भिर घाईते भएका छन् ।

दुर्घटनाग्रष्त बसमा १२ जना पुरुष,४ जना महिला र १ जना नाबालक यात्रु थिए । गम्भिर घाईते यात्रुलाई थप उपचारका लागि पोखरा पठाईएको छ भने सामान्य घाईते यात्रुलाई थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरी नायव उपरिक्षक (डिएसपी ) पोडेलले जानकारी दिए ।

बस दुर्घटनाको सूचना भएसंगै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजकुमार तामाङसहित १५ जना र लेते प्रहरी चौकीबाट ५ जनाको प्रहरी टोली घटनामा स्थलमा पुगेर घाईतेका उद्दारमा खटिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया