राष्ट्रपति एमालेलाई दिए देश बर्बाद हुन्छ: अध्यक्ष नेपाल
समाधान संवाददाता
२०७९ फागुन ३ गते ११:११

पोखरा ।
नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति एमालेबाट भए बर्बाद हुने दाबी गरेका छन् । समाजवादी प्रेस संगठन कास्कीकाे बुधबार पोखरामा भएकाे कार्यक्रममा अध्यक्ष नेपालले एमालेलाई राष्ट्रपति दिन नहुने बताएका हुन् ।
‘सभामुख पनि एमाले, राष्ट्रियसभा अध्यक्ष पनि एमाले, राष्ट्रपति पनि एमालेबाटै भए त देश बर्बाद हुन्छ,’ अध्यक्ष नेपालले भने, ‘अहिलेको गठबन्धन खिचडी गठबन्धन हाे, यो संविधान मान्दैनौं भन्ने पनि त्यहाँ छन्, परिवर्तन उल्ट्याउँछौं भन्नेहरु छन्,’ ।
पार्टी विचार र सिद्धान्त मिल्नेसँग सहकार्य र मोर्चा बनाएर जाने नेपालले बताए । पार्टी परिवर्तन, रुपान्तरणको पक्षमा रहेको अध्यक्ष नेपालले दाबी गरे । देशको विकास तथा न्यायका लागि एक ढिक्का भएर अगाडि बढ्ने नेपालले प्रतिबद्धता व्यक्त गरे ।
सम्बन्धित
तपाईको प्रतिक्रिया