प्रदेशस्तरीय आर्चरी ५ गतेदेखि

समाधान संवाददाता २०७९ फागुन ३ गते ११:२०

पोखरा ।
गण्डकी प्रदेश स्तरीय दोस्रो खुला आर्चरी प्रतियोगिता ५ गतेदेखि पोखरा रगंशालाको आर्चरी खेल मैदानमा हुने भएको छ । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना, गण्डकी प्रदेश आर्चरी सघको संयोजनमा, नेपाल आर्चरी सघको समन्वयमा र अन्नपूर्ण आर्चरी क्लबको ब्यबस्थापन यही फागुन ६ गतेसम्म उक्त प्रतियोगिता हुने भएको सह—आयोजक कास्की जिल्ला आर्चरी सघले जनाएको छ ।

Advertisement

प्रतियोगितामा गण्डकी प्रदेशका मुस्ताड, मनाड, म्याग्दी, पर्बत, बागलुड, र कास्की बाट करिब ९५ जना खेलाडीहरुको सहभागिता हुने अपेक्षा गरिएको कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले बताए ।

प्रतियोगिता अन्तर्गत रिकर्ब ओपन पुरुष र महिला र स्टान्डर्ड पुरुषतर्फको व्यक्तिगत खुला प्रतिस्प्रर्धा हुने भएको अध्यक्ष शेरचनले जनाए । रिकर्ब ओपन ७० मी र स्टाण्डर्ड ३० मी को दुरीमा खेलाइने तयारी गरिएको छ ।

प्रतियोगितामा रिकर्ब ओपन पुरुषतर्फ विजेतालाई ३० हजार, उपविजेतालाई २० हजार र तेस्रो हुनेलाई १५ हजार साथमा सिल्ड, मेडल र प्रमाणपत्रको व्यबस्था गरिएको छ । रिकर्ब ओपन महिलातर्फ विजेतालाई भने १५ हजार, उपविजेतालाई १० हजार र तेस्रो हुनेलाई ५ हजार प्रदान गरिने भएको छ ।

स्टाण्डर्ड पुरुषतर्फ विजेतालाई २० हजार, उपविजेतालाई १५ हजार र तेस्रो हुनेलाई १० हजार प्रदान गरिने भएको छ । उक्त अवसरमा ६० बर्ष भन्दा उमेर समूहका खेलाडीहरु (भेट्रान्स) को प्रतिस्प्रर्दा हुने भएको छ । भेट्रान्स पुरुषतर्फ प्रथम हुनेलाई ८ हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो हुनेलाई ३ हजारको साथमा मेडल र प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।

Advertisement

प्रदेश खेलकुद परिषदको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना हुने उक्त प्रतियोगितामा मुख्य आर्थिक सहयोगीको रुपमा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र पोखरा महानगरपालिका रहेको संघले जनाएको छ । १० बर्ष देखी आर्चरी प्रतियोगितालाई उक्त बैंकले निरन्तर आर्थिक सहयोग गर्दै आएको छ भने यस वर्षदेखि पोखरा महानगरपालिकाले समेत सहयोग गर्ने भएको हो ।

शुक्रबार सामाजिक विकास तथा स्वास्थ मन्त्री पञ्चराम गुरुडले उक्त प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया