पब्लिक फोरके फागुन ७ बाट

पोखरा ।
गण्डकी प्रदेशका सर्जक तथा कलाकर्मीका कालजयी सिर्जनाको सम्मानार्थ पब्लिक फोरके टेलिभिजनले ‘सम्मान र सम्झनामा स्रष्टाहरु’ कार्यक्रम गर्ने भएको छ । टिभीको औपचारिक सुरुआत हुने दिन फागुन ७ गते उक्त कार्यक्रम गर्न लागेको हो ।
पब्लिक टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने कार्यक्रममा सुगम संगीतका चर्चित गायक राज सिग्देल, विनोद बानियाँ, अजुदा थापा, सन्तोष बस्याल लगायत कलाकारको प्रस्तुति रहनेछ ।
गण्डकी प्रदेशका दिवंगत स्रष्टाहरुको सम्झना तथा सम्मानमा गर्न लागिएको कार्यक्रममा झलकमान गन्धर्व, धर्मराज थापा, अलि मियाँ, सरोजगोपाल बज्राचार्य, भूपी शेरचन, माधवप्रसाद घिमिरे, कल्याण शेरचन, धनबहादुर गायक, प्रविण गुरूङ, सुन्दर थापा लगायत सर्जकका कालजयी गीत प्रस्तुत हुने टेलिभिजनका प्रबन्ध निर्देशक मन क्षेत्रीले बताए ।
कार्यक्रमको प्रत्यक्ष प्रसारण पब्लिक फोरके टेलिभिजनसहित यसैका अफिसियल युट्युब र फेसबुक पेजमार्फत पनि हुनेछ । टेलिभिजनले नियमित प्रशारण आरम्भ गर्ने अवसरमा यो कार्यक्रम आयोजना गरेको हो । कार्यक्रम होटल पोखरा ग्रान्डमा हुनेछ ।
प्रदेशकै पहिलो फोरके प्रविधिमा सञ्चालनमा आउन लागेको टिभीको औपचारिक उद्घाटन समारोहमा गण्डकी प्रदेशका राजनीति, कला, साहित्य, संगीत, पर्यटन, पत्रकारिता, उद्योग, खेल क्षेत्रका व्यक्ति व्यक्तित्व उपस्थित हुने छन् ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया