कास्की कप ह्यान्डबलमा सेमिसहित फाइनल आज

पोखरा ।
पोखरामा जारी नवौं कास्की कप ह्याण्डबल प्रतियोगिता अन्र्तगत बुधबार सेमिफाइनल तथा फाइनल खेल हुने भएका छन् । नवौं कास्की तथा छैटौं एकता कप विद्यालय स्तरीय छात्र/छात्रा ह्यान्डबल प्रतियोगिता अन्तर्गत मंगलबार क्वाटरफाइनलका खेल भएका छन् ।
छात्रातर्फ मंगलबार भएको पहिलो खेलमा पोखरा एकेडेमीले सहज जित दर्ता गर्यो । पोखरा लनर्स एकेडेमीले वाकओभर दिएसँगै पोखरा एकेडेमी सेमिफाइनलमा यात्रा बनाएको हो । अर्को खेलमा साविक विजेता गण्डकी बोर्डिङ स्कुलले ज्ञान ज्योति विद्या कुञ्जलाई १०—३ को फराकिलो गोल अन्तरले हरायो ।
सृजना माविले सरस्वती बोर्डिङ स्कुललाई ३—१ को गोल अन्तरले पन्छाउँदा छात्रा तर्फको अन्तिम क्वाटरफाइनल खेलमा सरस्वती विद्याश्रमले इडेन्स स्कुललाई १०—२ को विशाल गोल अन्तरले हरायो ।
मंगलबार छात्रतर्फ भएको पहिलो क्वाटरफाइनल खेलमा पोखरा एकेडेमी बीले अल्फा बोर्डिङ स्कुललाई १०—६ को गोल अन्तरले पन्छाउँदा अर्को खेलमा पोखरा एकेडेमी एले सृजना माविमाथि १२—४ को शानदार जित हासिल गर्यो ।
अर्को खेलमा गण्डकी बोर्डिङ स्कुलले सरस्वती बोर्डिङ स्कुलमाथि १२—४ को फराकिलो गोल अन्तरको जित हासिल गर्दा अन्तिम क्वाटरफाइनल खेलमा ज्ञान ज्योति विद्या कुन्जले भने सरस्वती विद्याश्रममाथि १०—८ को जित हासिल गरी सेफिाइनल यात्रा तय गर्यो ।
प्रतियोगिता अन्र्तगत छात्रतर्फ १३ र छात्रातर्फ भने ८ टिमको सहभागिता छ । प्रतियोगितामा छात्र तथा छात्रा तर्फका विजेताले जनही १० हजार, उपविजेताले ५ र तेस्रो हुनेले ३ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने संघका अध्यक्ष चित्र थापाले बताए । प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी सर्वाधिक गोलकर्तालाई नगदसहित सम्मान गरिनेसंघका सचिव टेकबहादुर गुरुङले बताए ।
‘स्वस्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना हुने उक्त खेलले विद्यालय स्तरबाटै ह्यान्डबल खेलको विकास गर्न योगदान गर्ने आयोजकको अपेक्षा छ ।
तपाईको प्रतिक्रिया