आठ टिका राजाहरूको साक्षी राजाको चौतारा

इतिहासमा पल्लो नुवाकोट भनेर चर्चित ठाउँ स्याङ्जा नुवाकोट हो । स्याङ्जा नुवाकोट खान (खाँड) राजाहरूले राज गरेको खान शाहहरूको जरो किलो गाडेको ऐतिहासिक ठाउँ हो । नेपाल एकीकरणका राजाहरू वंश विस्तार यसै भेकलाई टेकेर भएको थियो ।
यो कोट भिरकोट सतहुँकोट भन्दा केहीपछि हरिहर खान मिया खानले राज्य संरचना गरेको हुनाले यस ठाउँलाई नयाँकोट भन्दाभन्दै नुवाकोट भएको हो । सम्भवत यो राज्यले अगाडि नै राज्यको रुप लिइसकेको भएपनि विसं १५१० देखि नुवाकोट राज्यको प्रामाणिक इतिहास भेटिएको छ ।
गण्डकी प्रसवण क्षेत्र नै नेपाल एकीकरणको जरो किलो गाडिएको ठाउँ भएको हुँदा पक्का पनि यस ठाउँका कोटकिल्ला चौतारा ठाँटी बाटाघाटाहरूका आआफ्नै इतिहास बोकेका छन् । कति रमाइला र अपत्यारिलाजस्ता लाग्ने घटना यस भेकमा सुन्न पाइन्छ भने कति देख्न सकिन्छ । आजको यो आलेखमा स्याङ्जा नुवाकोटदेखि कास्की जिल्ला रुपा गाउँपालिका बहादुरे ठाँटीसम्मको सुक्ष्म जानकारी दिने प्रयास गर्न खोजिएको छ ।
नुवाकोट हरिहरसिंहको पालामा बनेको कोट हो । यहाँ कालिका भगवतीको स्थापना प्राचीन समयमा नै गरेका थिए । देवीशक्तिको सहायताले राज्य प्राप्त गर्ने थिए । हेतुले आफ्ना इस्ट देवदवीको पूजा तथा भगवती पूजा गर्ने चलन थियो । यद्यपि आजसम्म पनि अगाध आस्थाका साथ नुवाकोट काली तथा भैरवको पूजा चैताष्टमी तथा शरदकालीन नवरथामा पूजा गर्छन् । नवरथाको नवमीमा टाढाटाढाबाट भाकल गर्ने भक्तजनको घुइँचो लाग्छ । कालिकालाई त्यस क्षेत्रका धर्मालम्बीहरू शक्ति र मनोकामना प्राप्त गराउने देवीको रुपमा लिन्छन् ।
सम्मेलनका प्रमुख बुँदाहरूमा कुलमण्डल खानले शाह पदवी पाएसँगै सबै आठ टिका राज्यमा शाह भन्ने पदवी राख्ने प्रस्ताव राखिएको थियो । एउटै गोत्रका ठाउँठाउँका राज्य लिन सफल भएको हुँदा एक आपसमा भाइभाइको व्यवहार गर्ने
यसै क्षेत्रको अर्को ऐतिहासिक ठाउँ हो टक्सार । गण्डकी प्रसवण क्षेत्रका २४ राज्यहरूमा पुरानो ढक अथवा पैसा मुद्रा बनाउने ठाउँ भएको हुँदा यो ठाउँलाई टक्सार भनिएको हो । जनयुक्ति अनुसार यो छालाका मुद्रा तथा धातुबाट निर्मित ढकहरू बनाउने ठाउँ हो । यहाँ निर्मित मुद्राहरू आँटीका राज्यमा विनिमय गरिने चलन थियो । अन्यन्त्र भने ती मुद्रा खोटा सावित हुन्थे । यो क्षेत्रकै पुरानो ढक काट्ने ठाउँ भएर पनि तत्कालीन मुद्रा प्राप्त गर्न नसक्नु र यस क्षेत्रमा हुनुपर्ने अन्वेषण अनुसन्धान गर्न आवश्यक मानिन्छ ।
यसै क्षेत्रमा पर्ने अर्को ऐतिहासिक ठाउँ हो साधे देउराली, साँधे देउरालीको छुट्टै ऐतिहासिक किम्वदन्ती पाइन्छ । कास्कीका राजा, राजशाह नुवाकोट राजा कनकवम खानको बिचमा बारबार युद्ध चलेछ । मानिस हताहतमात्र हुने खासै जित दुवै पक्षको नहुने हुँदा युद्धमा दुवै पक्ष थकित भएछन् । बुढापाका विद्वानहरूको सहायता लिएर (घा) सन्धि गर्ने अवस्था आयो ।
दुवै पक्षका राजाहरू मिलेर साँधे देउराली देवी स्थापना गर्ने, दुवै राज्यका व्यक्तिहरूले पूजा गर्ने देउराली काटेर नुवाकोटे कास्कीतिर हमला नगर्ने र कास्कीले पनि साँधे देउराली काटेर नुवाकोटमा धावा नबोल्ने भनी सन्धिको साँध नै साँधे देउराली हो ।
अर्को त्यस्तै ऐतिहासिक नाम बोकेको ठाउँ हो—मट्टीखान ।
नुवाकोटे राजा भक्ति खानले आफ्नो राज्यको सिमाना कायम गर्न खाँबो गाडेर सिमाना कायम गरेको हुनाले भक्ति खानले खाँबो गाडेको ठाउँ हँुदाहुँदै मट्टीखान भनिएको हो । भक्ति खानको अर्को नाम जयमिति खान पनि थियो । उनै राजा भक्ति खानको नामबाट मट्टीखान नाम रहन गएको हो भन्ने जनविश्वास छ । नुवाकोट एकीकरण पदमार्गमा पर्ने ठाउँहरूमध्येमा पर्ने दुइटा ठाउँहरू हुन् ।
मालमूल फाँट र भण्डारढिक कस्केली राजा र लमजुङे राजाका बिचमा बारम्बार झगडा हुँदा कहिले कास्कीले मादी पारि सिसाघाटसम्म पुग्छन् भने कहिले लमजुङले अचेट्दै अर्घौंसम्म आएको इतिहास पाइन्छ । यसै प्रसंगमा कास्की लमजुङ युद्धमा मालमूल फाँट युद्ध र भण्डारढिक युद्ध विशेष चर्चाका युद्धस्थलहरू हुन् ।
ऐतिहासिक अर्को ठाउँको नाम हो—राजाको चौतारा । यस चौतारामा आठ टिका राजाहरूले १५ औं शताब्दीको मध्यमा एउटा सम्मेलन गरेका थिए । राजाहरूले सम्मेलन गरेको हुनाले यसलाई त्यही समयदेखि राजाको चौतारा भनिएको हो । त्यहाँ सम्मेलन गर्ने राजाहरू क्रमशः कास्कीका कुलमण्डल शाह (खान) ग्रहौं राज्यका उत्तिम खान भिरकोट राज्यका किनु खान नुवाकोटका भक्ति खान (जयमिति खान) सतहुँका शिरम्बु खान (वडाबम) लमजुङका यशोब्रम शाहा खाँचीमा जयभूपाल सिंह यसै गरी गुल्मीका राजा कीर्तिकल्याण शाह हुन् । यी आठ देशका राजाले सम्मेलन गरेका हुन् ।
लमजुङमा यशोब्रह्म शाह राजा भएको अवस्थादेखि यस क्षेत्रलाई आठ टिका राज्य अथवा आठ ठकुराई राज्य भन्ने चलन थियो । यो सम्मेलनका प्रमुख बुँदाहरूमा कुलमण्डल खानले शाह पदवी पाएसँगै सबै आठ टिका राज्यमा शाह भन्ने पदवी राख्ने प्रस्ताव राखिएको थियो । दोस्रो बुँदा एउटै गोत्रका ठाउँठाउँका राज्य लिन सफल भएको हुँदा एक आपसमा भाइभाइको व्यवहार गर्ने । लुकेर, छिपेर सेना तथा अन्य पश्चिमतिरका चन्दहरू र पर्वतका मल्लसँग मिलेर युद्ध गर्ने जस्ता सन्धि गरिएको थियो ।
कालान्तरमा कति व्यावहारिक भए कति अधुरै रहे । जस्तै कतिले त्यही समयदेखि शाह लेख्न थाले, कतिले शाही लेखे कति खाँण नै चलाउँदै रहेको इतिहास आजसम्म पनि छ । जे होस्, राजाको चौतारा सम्मेलनले एकीकरणको दिशामा केही काम गर्न खोजेको बुझिन्छ । यो चौतारो राजाहरूको सन्धिको साक्षी बनेको थियो । यो चौतारा ऐतिहासिक हुँदाहुँदै पनी ओझेलमा परेको थियो ।
केही वर्ष यता नेपाली सेना भगवती दलगणको सक्रियतामा यो ठाउँको पुनःनिर्माण भएको छ । ऐतिहासिक धरोहरको स्मरण गरिएको छ । राज्य, राजा, नीति सीमा जे भएपनि पूर्वजको स्मारक आफ्नो संस्कृतिको रक्षार्थ हुने काम स्वाभाविक पहिचान चिरकाल पर्यन्त रहन सक्छन् ।
स्याङ्जा नुवाकोटदेखि कास्की जिल्लाका पूर्व दक्षिणमा रहेका ऐतिहासिकस्थल परिचय क्रममा पर्ने अर्को ऐतिहासिक ठाउँ हो—रुपा गाउँपालिका देउरालीमा रहेको बहादुरे ठाँटी । यो ठाँटी तत्कालीन समयमा काठमाडौं (नेपाल) सँग जोड्ने व्यस्त मार्गमा पर्छ । यातायातको सुविधा नभइन्जेल पूर्वमा लमजुङ गोरखा पल्लो नुवाकोट, धादिङ, काठमाडौं जानका लागि सर्वसाधारण यही बाटो प्रयोग गर्थे ।
त्यस्तै पश्चिम कास्की, पर्वत, बागलुङ, रोल्पा, डोल्पासम्म यो बाटोबाट सजिलै आवतजावत गर्ने गरिन्थ्यो भने पवित्र तीर्थस्थल मुक्तिनाथ र लमजुङको केही भागका जनता नुन लिन भोट जानु पर्दा यही मार्ग भएर जाने गर्थे । पश्चिम एकीकरणको सिलसिलामा नेपाली सेनाले प्रयोग गरेको मुख्य पदमार्ग पनि यही भएर जाने गरिन्थ्यो । यही क्रममा पश्चिमी अभियानमा जुटेका नेपाली सेना नायक अमरसिंह थापा आफ्नो सैन्य फौज लिएर यही देउराली हटियामा बास बस्न पुगेछन् ।
त्यही ठाउँमा रहेको एउटा जीर्ण पाटी देखेछन् । त्यहाँ ठाँटी (पाटी) लाई संरक्षण गर्न मनासिव ठानेर नेपाल सरकारको तर्फबाट इँटा झिँगटीबाट अमरसिंह थापाले पुन मर्मत गरेको हुने बहादुरे ठाँटी भन्ने चलन पनि छ । यो ठाँटीको मार्ग र बासबाट नै पश्चिमी अभियानमा सफलता मिल्यो नेपाल विशाल हुनुमा धेरै यस्ता ऐतिहसिक प्राचीन गौरवका विषयलाई सके संरक्षण गरौं नसके नष्ट हुनबाट बचाउनु सबै नागरिकको कर्तव्य हो ।
तपाईको प्रतिक्रिया