
जोमसोम ।
मुस्ताङको थासाङ गाउँपालिका–३ धम्पु सडकमा बस दुर्घटनामा परी गम्भिर घाईते भएका १० जना यात्रुलाई पोखरा रिफर गरिएको छ । म्याग्दी कोरला यातायातको मुस्ताङ रुढमा चल्ने ना ७ ख ७४४० नम्बरको यात्रु सवार बस बुधबार बिहान ८ः३० बजे अचानक दुर्घटना हुँदा बेनी–जोमसोम सडकको बाँया कालिगण्डकी नदीमा खस्न पुगेको थियो ।
बसमा सवार २ भारतीय नागरिकसहित १० जनालाई थप उपचारका लागि पोखरा पोखरा पठाईएको प्रहरी नायव उपरिक्षक(डिएसपी) रविन्द्रनाथ पौडेलले जानकारी दिए । गम्भिर घाईते हुँनेमा भारतीय नागरिक सुनिल पटेल र अपिता गोगय छन् । त्यस्तै बिमती परियार, शर्मिला परियार, लक्ष्मी परियार, सुनिल परियार, राजकुमार बुढाथोकी, उमेश सापकोटा, पेमा छेतेन बिक र सुग्रिब परियार (नाबालक) गम्भिर घाईते भएका हुन् । सामान्य घाईते ७ जनालाई लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भईरहेकोमा ३ जना यात्रुलाई पोखरा लैजाने तयारी भईरहेको प्रहरीले जनाएको छ ।
बसमा १२ जना पुरुष,४ जना महिला र १ जना नाबालक यात्रु सवार थिए । बस दुर्घटनाको सूचना भएसंगै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजकुमार तामाङसहित १५ जना र लेते प्रहरी चौकीबाट ५ जनाको प्रहरी टोली घटनामा स्थलमा पुगेर घाईतेका उद्दारमा खटिएको थियो । घाईतेको उद्दारमा स्थानीयबासीले पनि सहयोग गरेका थिए । समथर स्थानमा के कति कारणले बस दुर्घटना भएको भन्ने बिषयमा अनुसन्धान भईरहेको प्रहरी निरीक्षक राजकुमार तामाङले जानकारी दिए ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्






माछापुच्छ्रे हिमाल
पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया