गण्डकी प्रदेश स्थापना दिवस
पर्यटन क्षेत्रलाई उकास्नु छ

सरकार भनेको अविछिन्न उत्तराधिकारी संस्था हो । हामीले लिएका कैयौं गौरवका आयोजनाहरु छन् । तिनलाई त निरन्तरता दिनुपर्ने हुन्छ । केही करेक्सन गर्नुपर्ने भए करेक्सन गर्नुपर्यो । राम्रा कामहरुलाई निरन्तरता दिनुपर्ने नै हुन्छ । समग्र गण्डकी प्रदेशलाई के गर्ने भन्नेबारेमा त आगामी कार्यक्रमको विषयमा नै सोच्नुपर्ने होला ।
मेरो मन्त्रालयको सन्दर्भमा चाहिँ पर्यटन क्षेत्र केही धरासयी भएको छ । त्यसलाई माथि उकास्ने भन्ने विषयमा २/३ वटा बुँदामा छलफल भइराखेको छ । एउटा त हामी तत्कालै अलिकति यो अर्थतन्त्रको विज्ञ, पर्यटनको विज्ञ, उद्योगको विज्ञलाई ल्याएर छलफल पनि गर्ने सोचाइ बनाएका छौं ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल कसरी सञ्चालन गर्ने सन्दर्भमा बिहीबार संघको पर्यटन मन्त्री आउँदै हुनुहुन्छ । त्यो विषयमा पनि केही छलफल होला । प्रदेशको एकल अधिकारको कुरामा त क्लियर नै छ । तर, साझा अधिकारका विषय चाहिँ संघले कैयौं विषयहरु कार्यविधि नबनाउँदा खेरि, ऐनहरु नबनाउँदा समस्या छ । जस्तै वनको त्यस्तै छ । खनिज, हाम्रो प्रदेशमा धेरै छन् ।
रेशम जुग्जाली
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री
ढुंगा खानीको कुरा छ । यी सबै विषयमा अहिले हामी अध्ययन गर्दै छौं । कम्तीमा पनि माथि संघसँग परामर्श गरेर हामीले यताबाट के गर्न सकिने र माथिबाट कुनकुन कुरामा अड्किएको हो त्यो क्लियर गर्नुपर्छ । त्यसलाई सहज बनाउने र जति कामहरु रोकिएका छन्, त्यसलाई अगाडि बढाउने र विषेश गरी यो औद्योगिक ग्रामका लागि गण्डकी प्रदेशको गौरवको आयोजना नवलपुर लौकाहा खोलामा र कास्की र तनहुँको पुँडिटारमा जग्गा प्रदेशको मातहतमा ल्याउने प्रक्रिया अगाडि बढिराखेको छ ।
मैले मन्त्रिस्तरीय निर्णय गरेर अब क्याबिनेटमा लैजाँदै छु । त्यसका लागि पोखरामा एउटा नजिर पनि रहेछ । गण्डकी विश्वविद्यालयको जग्गा फास्ट ट्रयाकबाट प्राप्त गर्ने, यो प्रक्रियामा पनि हामी अगाडि बढेका छौं । पहिलेको सरकारले अलिकति तयारी गरेर अगाडि बढाएको रहेछ, पर्यटन ऐन । त्यसको पनि फाइलन गर्दैछौं, मन्त्रालयको हिसाबले । सम्बन्धित सबै निकायसँग छलफल गरेर वन ऐनलाई पनि छिट्टै क्याबिनेटमा लगेर सदनमा प्रस्तुत गर्छौं । हामी त्यसको प्रक्रियामा छौं ।
तपाईको प्रतिक्रिया