लेकसाइडको क्याटवाक क्लबमा भोली एज ब्याण्डको प्रस्तुती

पोखरा । चर्चित ‘पप ब्याण्ड द एज’ले पोखराको क्याटवाक क्लबमा विशेष प्रस्तुती दिने भएको छ । फागुन ५ गते ब्यान्डले नेपाली पप संगीतको प्रस्तुति दिन क्लबका सञ्चालक गुप्त लामाले बताए ।
द एज ब्याण्ड नेपाली पप संगीतको क्षेत्रमा चर्चित छ । एज ब्याण्डका ‘न चाहेको होइन तिमीलाई..’, ‘सम्झिने मुटु’, ‘जब तिमीसँग’, ‘मेरो आँशु’, ‘प्रयाश’, जस्ता गीत चर्चित छन् । कार्यक्रमको व्यवस्थापनको जिम्मा ‘प्रचार’ले लिएको छ ।
द एजले मंगलबार काठमाडौंमा भ्यालेन्टाइन डे विशेष शो सकाएर पोखरा आउन लागेको हो । पोखराबाटै उदाएको एज ब्याण्डले नेपाल भित्र र बाहिर शोहरु पाइरहेको छ ।
५ गतेको कार्यक्रमका लागि टिकट वित्रीको काम भइरहेको छ । कार्यक्रमको टिकट अनलाइन पेमेन्ट सिस्टम इसेवा र पोखराको ओपन हाउसमार्फत् विक्री भइरहेको सञ्चालक लामाले बताए । टिकटको मूल्य पहिलो चरणमा एक हजार र दोस्रो चरणमा १५ सय र कार्यक्रमका दिनसम्म २ हजारसम्म पुग्ने लामाले जानकारी दिए ।
गत भदौ २ गते खहरेचोकमा स्थापना भएको क्याटवाकमा एकैपटक २ हजार भन्दा बढीले रेष्टुरेन्ट र बारमा सेवा पाउँछन् । अन्तर्राष्ट्रिय स्तरको डान्स बार , म्युजिक सिस्टम र सुरक्षा प्रणाली मिलाइएको क्य, टवाक पछिल्लो समय पोखरामा धेरै रुचाइएको क्लब हो ।







खरबारी बन्याे सुन्तला बगैँचा
सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया