गण्डकी प्रदेश स्थापना दिवस

दूधमा अनुदान बढाउने सोच छ

समाधान संवाददाता २०७९ फागुन ४ गते १२:४६

चालु आर्थिक वर्षका कार्यक्रमहरु निरन्तरता दिँदै कृषि, ऊर्जाका क्षेत्रमा प्रदेशको औचित्य पुष्टि गर्न हाम्रो मन्त्रालय केन्द्रित छ । कृषिका क्षेत्रमा प्रभावकारी भइरहेका कार्यक्रमलाई निरन्तरता दिन्छौँ । दायरा पनि फराकिलो बनाउँदै किसानले अनुभूति गर्न सक्ने कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ योजना अगाडि बढाउँछौं ।

भर्खर कार्यकाल सुरु भएकाले अध्ययनमै छु । कतिपय राम्रा योजना बजेट बढाउँछौं, जस्तो दूधमा उत्पादन अनुदान प्रभावकारी देखिएको छ । यसलाई निरन्तरता दिँदै दायरा बढाउन योजना अगाडि बढेको छ । दूधमा साढे २ रुपैयाँ अनुदान बढाउने योजना छ । पाडी र बाच्छी हुर्काए वापत १० हजार रुपैयाँ अनुदानलाई निरन्तरता दिन्छौँ ।

वेदबहादुर गुरुङ,
कृषि, ऊर्जा तथा जलस्रोत मन्त्रालय

Advertisement

तर, अपारदर्शी तरिकारले फर्महरूलाई दिने अनुदान कटौती गर्छौँ । यति बेला पशुमा ठूलो क्राइसिस आएको छ । बंगुरहरु मरेका छन्, यसलाई निकास दिन सम्पूर्ण पशुहरुमा पूर्ण खोप लगाउने कार्यक्रम प्रदेशभर चलाउँछौँ । अहिलेसम्म ५६ वटा पालिकामा पशुमा खोप सुरु भएको छ ।

यसलाई हाम्रो ८५ वटै पालिकामा पु¥याउने योजना छ । प्रदेशलाई खाद्यान्नमा पनि आत्मनिर्भर बनाउने गरी जान्छौं । खाद्यान्न र तरकारीमा आत्मनिर्भर गर्नुपर्छ, यसका लागि दिगो समाधान गर्न हाम्रो मन्त्रालय केन्द्रित भएको छ । प्रदेशमा सिँचाइमा पनि समस्या छन् । यो धेरै खर्चिलो पनि देखिएको छ । कतिपय योजनाहरु पञ्चालयकालदेखिका छन् ।

Advertisement

यसलाई वर्षैपिच्छे योजनामा झुन्डाइरहने र अनुदान लिइरहने विगतको परम्परा अन्त्य गर्छौं । यस्ता योजनाहरुलाई कटौती गरेर नयाँ गर्न सकिने योजनालाई सघाउने हो । जुन खोलाबाट बारीमा पानी खसाल्न सकिन्छ, त्यस्ता सिँचाइ योजनालाई तत्काल अगाडि बढाउँछौं । यस्तो योजनामा राजनीति गर्नु हुँदैन । अनुदान खाने परम्परा अन्त्य गरेर अगाडि बढ्छौं ।

किसानका बारीमा सिँचाइको अभावको अब हुँदैन । मन्त्रालयले एक घर एक धारा योजना पनि अगाडि बढाउँछौं । आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्नुपर्छ भनेर लागेका छौँ । हिजो स्थापनाकालमा अगाडि बढेको उज्यालो गण्डकी प्रदेशलाई पनि अगाडि बढाउँछौं । त्यो योजनालाई पूरा गर्न केही काम बाँकी छन्, त्यो छिटै पूरा गरेर घोषणा गर्छोैं । तत्काल बिजुली पुर्‍याउन नसकिने ठाउँमा सोलार पुर्‍याएर पनि घोषणा गर्छौैं ।

तपाईको प्रतिक्रिया