मानवअधिकार पुरस्कारका लागि प्रतिभा आह्वान
पोखरा ।
मानवअधिकार पत्रकार संघ हुर्जा गण्डकीले सामाजिक अभियन्ता यशकुमारी जिसीको स्मृतिमा चलाएको यशकुमारी जिसी स्मृति मानवअधिकार पुरस्कारका लागि प्रतिभा आह्वान गरेको छ । संघको आइतबार भएको बैठकले विगतका वर्षमा जस्तै संघको अधिवेशनमा अर्पण गरिने पुरस्कारका लागि सूचना जारी गरेको हो ।
कुनै पनि राजनीतिक पद धारण नगरी कम्तीमा १० वर्षदेखि अधिकारका क्षेत्रमा काम गरेका महिलाले शैक्षिक योग्यता तथा अधिकारका क्षेत्रमा दिएको योगदान खुल्ने कागजातका प्रतिलिपि, व्यक्तिगत विवरण, नागरिकताको प्रतिलिपि, पासपोर्ट साइजको फोटोसहितको आवेदन पठाउनुपर्ने संस्थाले जनाएको छ । प्रतिभा छनोट समितिले प्राप्त आवेदनमध्ये उत्कृष्टताका आधारमा व्यक्तित्व चयन गर्ने छ ।
उक्त पुरस्कारको राशि नगद १५ हजार १५, सम्मानपत्र र दोसल्ला छ । उक्त पुरस्कारबाट हालसम्म अधिकारकर्मी कास्कीकी प्रमिला तझ्या र लमजुङकी सानुमाया गुरुङ पुरस्कृत भइसकेका छन् ।
मानवअधिकार पत्रकारिता पुरस्कारबाट हालसम्म श्यामनाथ कुँवर, स्मीता अधिकारी, श्रीकान्त सापकोटा सम्मानित भइसकेका छन् । समाजसेवा सम्मानबाट चन्दबहादुर गुरुङ र बालअधिकारकर्मी एलिना श्रेष्ठ सम्मानित भइसकेका छन् । उक्त सम्मान तथा पुरस्कारको राशि ११ हजार १ सय ११ रहेको छ ।







जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया