महिलालाई नेतृत्व तथा क्षमता विकास तालिम

समाधान संवाददाता २०७९ फागुन ४ गते १५:०२

पोखरा ।
पोखरा ७ को आयोजनामा सामाजिक क्षेत्रमा क्रियाशील महिलाका लागि नेतृत्व तथा क्षमता विकास तालिम भएको छ । कार्यक्रममा पोखरा ७ का अध्यक्ष राममोहन आचार्यले सिकेका विषयलाई व्यवहारमा उतार्न आग्रह गरे । उनले तालिममा सहभागीलाई सक्रिय सहभागिता जनाउनका लागि आग्रहसमेत गरे ।

Advertisement

वडा सदस्य तथा कार्यक्रम संयोजक बसुन्धरा लामिछानेले वडामा रहेका सामाजिक संस्थाले प्रभावकारी कार्यक्रम गरिरहेको तर गरेका गतिविधिलाई सम्बन्धित ठाउँमा पुगेर राख्न नसकेको महसुस हुँदा यो कार्यक्रम आयोजना गरेको जनाइन् ।

तालिममा सहजीकरण पत्रकारद्वय दुर्गा अधिकारी र सुष्मा पौडेलले गरेका छन् । तालिममा वडामा सामाजिक क्षेत्रमा क्रियाशील ५१ जना सहभागी छन् ।

तपाईको प्रतिक्रिया