मुग्लिङ–पोखरा सडकमा ढिलाइ किनः विद्या

काठमाडौं ।
कास्की क्षेत्र न. २ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य विद्या भट्टराईले निर्माणाधीन पृथ्वी राजमार्गको मुग्लिङ पोखरा सडक खण्ड निर्माणमा भएको ढिलासुस्तीको सम्बन्धमा संसदको ध्यानाकर्षण गराएकी छन् ।
बुधबार प्रतिनिधि सभा बैठकको शून्य समयमा भट्टराईले सो सडक खण्डको करिब ९३ किमी एसियाली विकास बैंकको ऋण सहयोगमा ४ लेनमा स्तरोन्नति गर्न लागिए पनि समयमै काम हुन नसकेको बताइन् ।
विसं. २०७८ मा सम्झौता भई २०८१ मा निर्माण सम्पन्न हुनुपर्नेमा हालसम्म ५ प्रतिशतमात्रै काम भएकोमा उनले चिन्ता प्रकट गरिन् । सांसद भट्टराईले सो सडक समयमै सम्पन्न गर्न सडक किनाराका बिजुलीका पोल र खानेपानी विस्तारको काम मुख्य अवरोध बनेको सुनाइन् ।
जसका कारण कोत्रे पोखरा खण्डको काम सुरु नै हुन नसकेको उनले बताइन् । सडक निर्माणको कार्य प्रगति सन्तोषजनक नभएको तथा लाखौं यात्रु जोखिम पूर्ण यात्रा गर्न बाध्य भएको उनले उल्लेख गरिन् । सो सडक समयमा सम्पन्न गर्ने गरी कामअगाडि बढाउन उनले सरकारको ध्यानाकर्षण गराइन् ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया