ह्याकिंग फर ह्युम्यानिटीमा टिम क्राफ्टर्स प्रथम

समाधान संवाददाता २०७९ फागुन ४ गते १५:३१

पोखरा ।
एनसेल आजियाटा लिमिटेडसँगको प्रमुख सहकार्यमा शिक्वल फाउन्डेसनले आयोजना गरेको ३ दिने नेपालको सबैभन्दा ठूलो महिला ह्याकाथन ‘ह्याकिंग फर ह्युम्यानिटी’ भएको छ । कार्यक्रममा देशका विभिन्न ठाउँबाट ४८ सहभागी थिए ।

उनीहरुले एकै ठाउँमा बसेर समाजका विभिन्न क्षेत्रका लागि उपयोगी हुने सोलुसन्समा काम गरेका छन् । अन्तिम दिन आइतबार सम्बन्धित समूहको पिचिङपश्चात विजयी घोषणा गरिएको हो । सहभागी १६ टिममध्ये टिम कोड क्राफ्टर्सले प्रथम बनेर नगद १ लाख ५० हजार जितेको छ । टिम क्राफ्टर्सको सोलुसनले सांकेतिक भाषा बुझ्न मद्दत गर्दछ ।

पर्यटक क्षेत्र लक्षित सोलुसन बनाउँदै टिम सहयात्रीले दोस्रो बनेर १ लाख पाएको छ । ज्येष्ठ नागरिकलाई ध्यानमा राख्दै टिम पाइले बनाएको अर्लट सिस्टम तेस्रो हुँदै ७५ हजार जित्न जितेको छ ।

Advertisement

एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले यस्ता ह्याकाथनले सूचना, प्रविधि क्षेत्रका युवा र उत्साही महिलालाई आफ्ना नवीन सोचलाई वास्तविकतामा बदल्न सघाउनले बताए । ‘यो कार्यक्रम महिलालाई सूचना प्रविधिको क्षेत्रमा आफ्नो वृत्तिविकास गर्नका लागि प्रेरणादायी साबित भएको छ,’ उनले भने ।

गल्र्स इन टेक र वुमन इन बिग डेटा सझेदारको रुपमा रहेको यस कार्यक्रमले डेभलपर्स, डिजाइनर्स र उद्यमीलाई एकसाथ नवीन सोलुसन्स विकासका लागि अवसर प्रदान गरेको छ । ह्याकाथनमा विभिन्न विषयमा टक सो र कार्यशालासमेत भएका छन् ।

Advertisement

शिक्वल फाउन्डेसनका सह–संस्थापकहरु आस्था शर्मा र मेलिशा घिमिरेले सहभागीलाई उनीहरुको उत्साह र कडा परिश्रमका लागि धन्यवाद दिए । महिलालाई लक्षित गर्दै आयोजना गरिएको यो नेपालकै ठूलो र पहिलो ह्याकाथन हो ।

तपाईको प्रतिक्रिया