ग्रीन भ्याली सहकारीको चौँथो स्थापना दिवस

पोखरा ।
ग्रीन भ्याली बहुउद्देश्य सहकारीले चौँथो स्थापना दिवस तथा तेस्रो वार्षिकउत्सव मनाएको छ । वार्षिक उत्सवको पूर्वसन्ध्यामा पोखरा १६ मा सरसफाई तथा फोहोर व्यवस्थापन सम्बन्धी वृहत अभिमुखीकरण कार्यक्रम भएको थियो ।
‘फोहोरलाई मोहर बनाउने अभियान, स्रोतबाट फोहोर व्यवस्थापन नै दिगो समाधान’ भन्ने नारा सहित स्थापना गरिएको सहकारीले पोखरा महानगरपालिकालाई डम्पिङसाइट रहित शहर बनाउने उद्देश्य राखेको छ ।
नगर निकास प्रमुख श्री केशव अधिकारीले फोहोरलाई मोहोरमा परिणत गर्न सकिने बताए । उनले कुहिने र नकुहिने फोहोर छुट्याई कुहिने फोहोरलाई कम्पोष्ट मलका रुपमा र नकुहिने फोहोरलाई पुन प्रयोगमा ल्याउन सकिने बताए । पोखरा–१६ का वडाध्यक्ष अमृत तिमिल्सिनाले सहकारीको कामको प्रशंसा गर्दै शुभकामना दिए ।
स्थापना दिवसको अवसरमा सहकारीले बचत तथा ऋण कारोबार समेत शुरु गरेको छ । फोहोरलाई मोहर बनाउने अभियानलाई अझ प्रभावकारी बनाउन रिसाईकल बचतमा व्याजदर बृद्धि गरिने योजना रहेको सहकारीले बताएको छ ।







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया