राष्ट्रपति एकताको प्रतीक हो, सहमतिबाटै जानुपर्छ : किराँती

समाधान संवाददाता २०७९ फागुन ४ गते १९:०२
kf]v/f, $ kmfu'g . k|]; ;]G6/ g]kfn u08sL k|b]z ;ldltn] kf]v/f If]qLo cGt//fli6«o ladfg:yndf cfof]hgf u/]sf] kqsf/ e]63f6 sfo{qmddf af]Nb} ;+:s[lt, ko{6g tyf gful/s p•ogdGqL ;'bg ls/fFtL . tl:a/ M /flwsf sF8]n, /f;;

पोखरा, ४ फागुन

Advertisement

बिहीबार बिहान संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती यति एअरको जहाजबाट पोखरा आए । मन्त्री बनेपछि पहिलोपटक पोखरा आएका मन्त्री किराँतीले शुभेच्छुक, कार्यकर्ता र विमानस्थल व्यवस्थापनबाट खादा, माला लगाएनन् । विमानस्थल अनुगमन गरेपछि उनी पत्रकारसँग कुरा गर्न तयार भए ।

नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका उनले कम्युनिस्ट आन्दोलनलाई एकीकृत र फरक तवरले अघि बढाउनुपर्नेमा जोड दिए । राष्ट्रपति निर्वाचनमा माओवादीको अडानबारे सोधिएको प्रश्नमा उनले भने, ‘नेपालको संविधानले परिकल्पना गरेको राष्ट्रपति देशको एकताको प्रतीक पनि हो । सबैको स्वीकार्य हुने, राष्ट्रिय सहमति बन्ने बाटोबाट राष्ट्रपति निर्वाचन हुनेमा ढुक्क हुनुस् ।’


उनले अहिलेको गठबन्धन फेरिने र कांग्रेस उम्मेदवारलाई माओवादीले सघाउने भनी आएका समाचारमा सत्यता नभएको जनाए । मन्त्री किराँतीले भने, ‘कान मेरो यही छ, कागलाई मैले देखेको छैन ।’

चुनौती नै चुनौतीको माझमा आफू आएको उनले सुनाए । सांकेतिक रुपमा उनले भने, ‘हामीसँग जादूको छडी छैन, हामी समस्याको चाङमा उभिएका छौं ।’ माघ १ गते भएको यति एअरको विमान दुर्घटनापछि हवाई यात्रु कम भएको र नयाँ विमानस्थलको भविष्यबारे अनेक बहस भइरहेका बेला पोखरा आएका किराँतीले थपे, ‘म यतिकै जहाजबाट आएँ । मनोवैज्ञानिक आतंक कम गर्नु जरुरी छ । विमानको इतिहास सुरु भएको अमेरिकामा ५० वर्ष पुराना विमान पनि उडिरहेका रहेछन् । त्यहाँका राष्ट्रपति ३१ वर्ष पुरानो विमानमा यात्रा गर्दा रहेछन् । विमान नयाँ, पुरानो भन्दा पनि उचित व्यवस्थापन, मर्मत मुख्य कुरा रहेछ ।

Advertisement

उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थबाट छिमेकी देशमा उडान गर्न कूटनीतिक तवरबाट पहल भइरहेको सुनाए । विमानस्थलमा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेश समितिले आयोजना गरेको पत्रकार भेटघाटमा उनले पोखरासँग भगिनी सम्बन्ध कायम भएका चीनका विभिन्न सहरसहित भारतका अन्य सहरमा सिधा उडानका लागि मन्त्रालयले कूटनीतिक पहल गरिरहेको उल्लेख गरे ।

गत पुस १७ गते उद्घाटन भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अहिलेसम्म आन्तरिक उडानमात्र भएका छन् । पोखरेलीको छिटो अन्तर्राष्ट्रिय उडान सुरु गर्नुपर्ने माग छ । मन्त्री किराँतीले भने, ‘पोखरादेखि सिधै अन्तर्राष्ट्रिय हवाई सम्पर्कका लागि चौतर्फी पहल गरेका छौँ, यही मितिदेखि भनेर भन्न नसके पनि कोशिस मन्त्रालयले भगिरथ प्रयत्न गरिरहेको छ ।’

उनले नागरिक उड्डयन प्राधिकरणलाई पोखराको पुरानो विमानस्थल कसरी चलाउन सकिन्छ भनी कार्ययोजना ल्याउन आफूले निर्देशन दिएको सुनाए । उनले भने, ‘यो सिंगो गण्डकी प्रदेशको सबाल हो । यसबारे छलफल सुरु भएको छ । चाडै समुचित उपयोग गर्ने उपाय निकाल्छौं ।’ नेपालका सबै विमानस्थल दैनिक कम्तीमा १५ घन्टा चल्ने व्यावसायिक कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ ।

माघ १ गतेको विमान दुर्घटनाको छानबिनका लागि सरकारले गठन गरेको समितिले प्रारम्भिक प्रतिवेदन तयार गरी बुधबारमात्र बुझाएको उल्लेख गरे । सम्र्पूण प्रतिवेदन प्राप्त भएपछि घटनाको यथार्थ विवरण बाहिर ल्याइने उनले प्रतिवद्धता गरे ।

उनले नेपाल वायु सेवा निगमलाई प्रभावकारी बनाउने, फाइदामा जाने वातावरण बनाउनेतर्फ ध्यान केन्द्रीत भएको सुनाए । युरोपियन युनियनले नेपालको हवाइ सेवालाई कालोसूचीमा राखेकाले त्यसबाट हटाउने कोशिस र कामहरु गरिरहेको उनको भनाइ छ । मन्त्री किराँतीले भने, ‘निगम नाफामा जाने, सबैतिर पहुँच पु¥याउने र यसलाई देशकै गौरव बनाउने गरी काम गर्ने योजना छ ।’

तपाईको प्रतिक्रिया