सहकारीसम्बन्धी प्रशिक्षण

समाधान संवाददाता २०७९ फागुन ५ गते १०:४६

पोखरा ।
पोखरा महानगरपालिका सहकारी शाखाको आयोजनामा सञ्चालित सहकारी कर्मचारीका लागि सञ्चालित सहकारी सञ्चालन, व्यवस्थापन तथा कोपोमिससम्बन्धी प्रशिक्षण सकिएको छ । पोखरामा रहेका सहकारीमा कार्यरत कर्मचारीका लागि २ दिने तालिम भएको हो ।

Advertisement

प्रशिक्षणमा पोखरा महानगर सहकारी शाखाका दर्ता अधिकारी भरतराज पौडेलले सम्पत्ति शुद्धीकरण ऐन नियमसम्बन्धी जानकारी दिए । उनले भाखा नाघेका ऋणीबाट रकम असुल्न कडाइ गर्नुपर्ने बताउँदै लिलामी प्रक्रिया कसरी अपनाउने भन्नेबारे प्रष्ट्याएका थिए । उनले आगामी वर्षबाट सहकारीले नियम कानुन जानेको छैन भनेर उम्कन नपाउने भन्दै नियम पालनामा कडाइ गरिने उल्लेख गरे ।

पोखरा महानगरपालिका सहकारी समिति सदस्य नारायणप्रसाद आचार्यले कोपोमिस प्रणाली सञ्चालनका लागि आवश्यक पूर्वाधार, बचतकर्ताले बचत फिर्ता मागेको अवस्था, ऋण लिएको रकम नतिर्ने र तरलता समस्या समाधानमा सहकारीले सचेततापूर्वक सहजीकरण गर्नुपर्ने बताए ।

पोखरा महानगरपालिका सहकारी समितिका सदस्य दीपकप्रकाश आचार्यले कोपोमिसका कारणले सरकारबाट आउने सेवा र सुविधा पाउनबाट बञ्चित हुने अवस्था आउन नहुने बताए । महाशाखाका अधिकृत ऋषिराम सापकोटाले कोपोमिस आवश्यक पूर्वाधार, समष्टिगत विवरण र सोको अभ्यास, सहकारीको सदस्यता विवरण प्रविष्टि लगायत विषयमा सहजीकरण गरेका थिए । प्रशिक्षणमा २७ जना सहभागी भए ।

Advertisement

तपाईको प्रतिक्रिया