आदर्श सहकारीका सेयर सदस्य भ्रमणमा
समाधान संवाददाता
२०७९ फागुन ५ गते ११:१४
पोखरा ।
आदर्श बचत तथा ऋण सहकारी पोखरा १३ आर्वाको अध्ययन अवलोकन भ्रमण २०७९ बिहीबारबाट सुुरु भएको छ । सहकारीले सामाजिक उत्तरदायित्व वहन स्वरुप सो कार्यक्रम गरेको अध्यक्ष राजेन्द्रप्रसाद बरालले बताए ।
भ्रमण फागुन ९ गतेसम्म चल्नेछ । भ्रमणका सहभागी पोखराबाट सुरु भई ताप्लेजुङको पाथीभरा, इलाम, धरान, चतरा वराहक्षेत्र हुँदै जनकपुरधाम पुगेर पोखरा फर्किने छन् । भ्रमणमा सहकारीका ६० सेयर सदस्य सहभागी छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया