हाइकर्स क्लब हाइकिङ गर्दै लाहाचोक

पोखरा ।
माछापुच्छ्र्रे हिमालको काखमा रहेको कास्कीको माछापुच्छ्रे गाउपालिका वडा नं. ४ को रमणीय गाउँ लाहाचोक प्रवद्र्धन गर्ने उद्देश्यले हाइकर्स क्लब नेपालको समूह शनिबार उक्त गाउँ पुगेको छ । स्वस्थ्य र पर्यटनका लागि हाइकिङ भन्ने नाराका साथ हरेक महिनाको अन्तिम शनिबार सञ्चालन हुँदै आएको एक दिने हाइकिङ को ३१ औं श्रृङखला लाहाचोक गाउँमा भएको छ ।
पोखरा २५ हेमजाको मिलन चोकमा भेला भई पैदल यात्रा सुरु गरेको उक्त समूहलाई क्लबका संयोजक कृष्ण रानाभाटले हाइकिङले स्वास्थ्य र पर्यटन प्रवद्र्धनमा सहयोग पुगेकाले छिट्टै विधिवत रुपमा दर्ता गरिने जानकारी दिए । २०७६ देखि नियमित रुपमा हुँदै आएको हाइकिङ कोरोना भाइरसका कारण केही महिना स्थगित भएको थियो ।
कोरोना भाइरसको असर कम भएपश्चात पुनः नियमित रुपमा हाइकिङ भइरहेको क्लबका सदस्य तथा कानुनी सल्लाहकार अधिवक्त नोज घर्तिमगर बताउँछन् । विद्यार्थीदेखि गृहणीसम्म सहभागी भई रमाइलो गर्दै पैदल हिडेर स्थानीय वस्ती, खोलानाला, वनजंगल, विभिन्न विकास, निर्माणका कार्यलाई प्रत्यक्ष रुपमा अवलोकन गर्दै ४ देखि ५ घण्टा सँगै हिड्नु नै हाइकिङको उद्देश्य रहेको सञ्चारकर्मी मधु अधिकारी बताउँछन् ।
व्यवसायी राजेन्द्र अधिकारीले हाइकर्स क्लबका सदस्यलाई लाहाचोकमा स्वागत गरे । उनले विभिन्न देवी देवताका मन्दिर, प्रचारप्रसारको पर्खाइमा रहेको पर्यटकीय पातीखोला गुफा, काल भैरव मन्दिर, नवनिर्मित माछापुच्छ्रे गाउँपालिकाको प्रशासनिक भवन, व्यावसायिक रुपमा गरिएका कृषि तथा पशु पालन अवलोकन गराएका छन् ।
यसअघि कास्की, स्याङ्जा र तनहुँका विभिन्न गाउँमा हाइकर्स समूह पुगिसकेको छ । फागुन महिनाको अन्तिम शनिबार स्याङ्जाको फेदीखोला गाउँपालिका वडा नं. ५ स्थित बाँगे गाउँमा जाने तयारी छ ।









वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
भद्रकाली माविलाई सत्य युवा क्लबको सहयोग
गोल्डेन ट्र्यांगल बाइक टूर टोली पोखरामा, टेवानले गर्यो स्वागत
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया