पाण्डबखानीमा हात्तीपाइले रोग निवारण कार्यक्रम
समाधान संवाददाता
२०७९ फागुन ५ गते १७:१९

पाण्डबखानी ।
गलकोट १० पाण्डवखानी स्वास्थ्य चौकीमा वडास्तरीय हात्तीपाइले रोग निवारण अभियान भएको छ । फागुन ११ गते देखि शुरु हुने हात्तीपाइले रोग निवारण कार्यक्रमकाे बारेमा जानकारी दिन अभियान भएको हो ।
हात्तीपाइले रोग (फाइलेरिया) विरुद्धको औषधी सेवन गर्न स्वास्थ्य चौकी प्रमुख रत्ना सुनारले आग्रह गरिन् । औषधीले रोगबाट बचाउने तथा अत्यन्तै प्रभावकारी रहेको उनले बताइन् ।
गलकोट नगर कार्यपालिका र स्वस्थ्य शाखा गलकोटको आयोजनामा भएको कार्यक्रममा वडा अध्यक्ष भक्तबहादुर काउचा, वडा सचिव ठाकुर तिमिल्सिना, जनप्रतिनिधि, शिक्षक, टोल संस्था प्रतिनिधि, स्वास्थ्यकर्मी, पत्रकार लगाएतको सहभागीता थियो ।
फागुन ११ गते वडा कार्यालयमा औषधी वितरण गरिने र त्यसपछि पायक पर्ने ठाउँबाट औषधी वितरण गरिने वडाध्यक्ष काउचाले जानकारी दिए ।
सम्बन्धित
तपाईको प्रतिक्रिया