पोखराका डा सन्तोष वीर अस्पतालको कार्यकारी निर्देशक

समाधान संवाददाता २०७९ फागुन ५ गते २०:२३

पोखरा ।

Advertisement

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्स वीर अस्पतालको कार्यकारी निर्देशकमा डाक्टर सन्तोष पौडेल नियुक्त भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरीले मन्त्रीस्तरीय निर्णय गर्दै अर्थोपेडिक सर्जन डा पौडेललाई वीर अस्पतालको कार्यकारी अधिकारीमा नियुक्त गरेका हुन् । उनी पोखराका हुन् ।


पौडेल अर्थोपेडिक सर्जन हुन् । उनी दशौं तहका हुन् । डा पौडेलले स्वास्थ्य मन्त्रालयबाट पत्र बुझिसकेको बताए ।
यसअघि कोभिड युनिफाइड केन्द्रीय अस्पतालको निमित्त कार्यकारी अधिकारीको रुपमा प्राडा भुपेन्द्रकुमार बस्नेत थिए । वीरमा डा पौडेलले जिम्मेवारी पाएपछि डा भुपेन्द्र बस्नेतको जिम्मेवारी खोसिएको छ ।

तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले उनलाई १९ साउन २०७८ मा वीर समेत हेर्ने गरी युनिफाइड केन्द्रीय अस्पतालको जिम्मेवारी दिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया