केन्याका स्टेफेनले चुमे पोखरा म्याराथन उपाधि

पोखरा ।
पोखरा म्याराथनको उपाधि केन्याका धावक स्टेफेन कोस्गेइले जितेका छन् । स्टेफेनको यो दोस्रो जीत हो । शनिबारबाट भएको १७ औँ संस्करणको पोखरा म्याराथनमा १६ देशका धावकले सहभागी भएको थिए ।
स्टेफनले निर्धारित ४२.१९५ किमी दुरी २ घण्टा २० मिनेट ७ सेकेण्डमा पूरा गर्दे उपाधि चुमे । अघिल्ले संस्करणमा उनले यो सोही दुरी २ घण्टा १९ मिनेट ४३ सेकेण्डमा पुरा गरेका थिए । उपाधिसँगै स्टेफेने ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । केन्याका धावक जुलियस ओहोमे दोस्रो भएका छन् । उनले २ घण्टा २० मिनेट ३७ सेकेण्डमा पूरा गरेका थिए । म्याराथनमा नेपाल आर्मीका होमलाल श्रेष्ठले २ घण्टा मिनेट २४ सेकेण्डमा पूरा गर्दै तृतीय भए ।
खुला म्याराथनको विजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । यो पुरस्कार राशि नेपाली म्याराथन इतिहासमा सर्वाधिक हो ।
महिलाहरुको हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुरा पछाई प्रथम भएकी छिन् । उनले २१ किमी दुरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पूरा गरिन् । यस्तै दोस्रोमा एपिएफकी बृन्दा श्रेष्ठले उपाधि चुमिन् । उनले १ घण्टा २६ मिनेट २८ सेकेण्डमा हाफ म्याराथुन पार गरेकी हुन् । आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले १ घण्टा ३१ मिनेट ४ सेकेण्डमा पूरा गरिन् । महिलातर्फको हाफ म्याराथनमा पहिलो हुनेलाई १ लाख ५० हजार, दोस्रो हुनेलाई एक लाख, तेस्रो हुनेलाई ७५ हजार र सान्त्वना पुरस्कार स्वरूप १५ हजार रुपैयाँ प्राप्त गरेका हुन् ।








सामुदायिक स्कुल विकासका प्रयास
लैंगिक हिंसा बोलीदेखि व्यवहारसम्म
संकटमा पत्रकार र पत्रकारिता: पोखरा घोषणापत्र जारी गर्दै गण्डकी प्रदेश भेला सम्पन्न
महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया