चर्काे ब्याजदरकाे विरुद्धमा नेकपा

पोखरा ।
आर्थिक संकटका कारण बैंकहरुले ब्याजदर बढाइरहेका छन् । चर्काे ब्याजदरका कारण सबै जसो सर्वसाधारण मर्कामा पर्नु त स्वभाविक नै भयो, ऋण तिर्न नसकेरै मानिसले आत्मदाह गरेका खबर आइरहेका छन् । यस्तो समस्या समाधान गर्न नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले काम गरेको छ ।
नेकपा कास्कीले बैंकहरुको चर्काे ब्याजदर, लघुवित्तहरुको ज्यादती र मिटरब्याजीहरुको अत्याचारका विरुद्धमा शुक्रबार विरोधसभा गरेको छ । पोखरा महानगरपालिका कार्यालय न्युरोडदेखि चिप्लेढुंगासम्म नेकपा कास्कीले विरोध ¥याली निकालेको हो ।
चिप्लेढुंगा पुगेर र्याली सभामा परिणत भएको थियो । कार्यक्रममा नेकपा कास्की सेक्रेटरी काजी सीले चर्काे ब्याजदर घटाएर एक अंकमा ल्याउन माग गरे । उनले सेवाशुल्कका रुपमा धेरै रकम नअसुल्न, ऋणीको संख्या पु¥याउन सोझासाझालाई ऋणको दुष्चक्रमा नहोम्न उनले चेतावनी दिए ।
सरल रुपमा कर्जा प्रवाह गर्न, उत्पादनशील काम गर्न चाहनेहरुलाई सहुलियत दिन, उत्पादनशील क्षेत्रमा विनाधितो ऋण प्रवाह गर्न उनले माग गरे । अखिल नेपाल महिला संघ क्रान्तिकारीका केन्द्रीय सदस्य सोममाया सीले आर्थिक कारोबारका नाममा बैंक तथा वित्तीय संस्थाले जनताको घाँटीमा गलपासो लगाएको दाबी गरिन् ।
उनले भनिन्, ‘बैंक तथा वित्तीय संस्थाले स्वदेशमै उत्पादन र रोजगारी र युवा उद्यमी बनाउन योगदान गर्नुपर्छ । सोझा नागरिक र आर्थिक संकट, विपत्तमा परेकालाई गलपासो बनाउनु हुँदैन । हामी त्यसो हुन दिदैनौं ।’
तपाईको प्रतिक्रिया