लक्ष्मी बैंकका दुई नयाँ एक्स्टेन्सन काउन्टर

समाधान संवाददाता २०७९ फागुन ७ गते १२:५८

पोखरा ।
लक्ष्मी बैंकले पोखरामा दुई नयाँ एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । कास्कीको पोखरा महानगरपालिका–११ स्थित मनिपाल अस्पताल र वडा नम्बर १७ स्थित हिमालय आँखा अस्पतालमा एक्स्टेन्सन काउन्टर सञ्चालनमा ल्याएको बैंकले जनाएको छ ।

थप दुई एक्स्टेन्सन काउन्टर सञ्चालनमा आएसँगै लक्ष्मी बैंकको शाखा सञ्जाल ५० जिल्लामा १४४ शाखा, १६ एक्सटेन्सन काउन्टर र ५ हस्पिटल सेवा काउन्टर, १७९ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स एजेन्ट तथा ६९ शाखा रहित बैंकिङ एजेन्टहरु पुगेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया