समग्र उद्योगकाे अध्यक्षमा प्रेमबहादुर

समाधान संवाददाता २०७९ फागुन ७ गते १३:२६

पोखरा ।
मर्यादित कामका लागि नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)को अभियान २०७९ अन्तर्गत समग्र उद्योग ट्रेड युनियन नेपाल सुजल फुड्स प्रतिष्ठानको आठौं अधिवेशन भएको छ ।

Advertisement

अधिवेशनले आगामी २ वर्षका लागि अध्यक्ष प्रेमबहादुर भुजेलको नेतृत्वमा ११ सदस्यीय कमिटी निर्माण गरेको छ । कमिटीको उपाध्यक्ष बद्रीप्रसाद कँडेल, सचिव बृहस्पति धमला, सहसचिव रत्नाकुमारी रानाभाट र कोषाध्यक्ष दलबहादुर थापा छन् ।

कमिटीका सदस्यमा आकृति लामिछाने, हरिप्रसाद उपाध्याय, सुवि भुजेल, भीमराज गुरुङ, मञ्जु पौडेल र वशन्तराज तिवारी रहेको समग्र उद्योग ट्रेड युनियन गण्डकी प्रदेश कमिटीका अध्यक्ष धीरज गुरुङले बताए ।

कमिटीको सल्लाहकारमा आनन्दराज भण्डारी, भूपति धमला र मेघनाथ च्वाई छन् । जिफन्ट गण्डकी प्रदेश कमिटी अध्यक्ष रुद्रबहादुर खत्रीले उद्घाटन गरेको अधिवेशनमा समग्र उद्योग ट्रेड युनियन नेपालका केन्द्रीय सदस्य गोमा कार्की, जिफन्ट पोखरा महानगर कमिटीका अध्यक्ष सूर्यप्रसाद उपाध्याय, सुजल फुड्स प्रतिष्ठानका अध्यक्ष आनन्दराज भण्डारी, भूपति धमला, प्रेमबहादुर भुजेलले अभियानका बारेमा बोलेका थिए ।

मर्यादित कामका लागि जिफन्टको अभियान अन्तर्गत नेपाल बिजुली पेन्टर प्लम्बर तथा निर्माण मजदुर युनियन (क्युपेक) नेपाल पोखरा महानगर वडा नम्बर १३ को सदस्यता विस्तार तथा प्रथम भेला भएको छ । भेलाले ५ सदस्यीय सल्लाहकारसहित अध्यक्ष भेषबहादुर विकको अध्यक्षतामा ११ सदस्यीय सम्मेलन आयोजक कमिटी चयन गरेको छ ।

Advertisement

सोही अभियान अन्तर्गत पोखरा महानगर वडा नम्बर २४ को प्रथम वडा भेला तथा सदस्यता विस्तार अभियान भएको छ । भेलाले अध्यक्ष युवराज बस्ताकोटीको नेतृत्वमा ११ सदस्यीय सम्मेलन आयोजक कमिटी गठन गरेको क्युपेक कास्की अध्यक्ष तीर्थराज मगरले बताए ।

माघ, फागुन र चैत गरी ३ महिनासम्म चल्ने अभियानमा संगठन विस्तार, कमिटीलाई चलायमान गराउनेदेखि भेला प्रशिक्षण गर्ने जिफन्ट गण्डकी अध्यक्ष रुद्रबहादुर खत्रीले जानकारी दिए ।

उनले अभियान अन्तर्गत श्रमिकको न्यूनतम तलब सुविधा, ज्याला बढाउन पहल गर्ने, योगदानमा आधारित सामाजिक सुरक्षा कार्यान्वयनका लागि पहल गर्ने बताए । अभियानको क्रममा पालिका स्तरमा श्रम डेस्क राख्न पहल गर्ने उनले उल्लेख गरे ।

तपाईको प्रतिक्रिया