श्रमिक समुदायको राष्ट्रिय भेला वैशाखमा

पोखरा ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकटका श्रमिक समुदाय मोर्चा नेपालको चौथो पूर्ण बैठकले ११ बुँदे निर्णय गरेको छ । सुनसरीको धरानमा भएको बैठकले छुवाछूत र विभेद विरुद्ध संघर्षका महत्वपूर्ण निर्णय गरेको महासचिव त्रिलोचन विश्वकर्मा सीले बताए ।
मोर्चाको पाँचौं राष्ट्रिय सम्मेलनले दलित शब्द हटाई श्रमिक समुदाय नामाकरण गरेको थियो । नेकपाको नवौं महाधिवेशनले पुराना जातिगत थरको स्थानमा सी राख्ने निर्णय गरेको छ । मोर्चाले आगामी वैशाखमा राष्ट्रिय भेला आयोजना गर्ने, जनआधारित संगठन र जनआधारित नेता, कार्यकर्ता बनाउने नीति लिने भएको छ ।
मोर्चाका अध्यक्ष रामलाल सीको अध्यक्षतामा भएको कार्यक्रमा नेकपा पोलिटब्यूरो सदस्य दिपेश सीको उपस्थितिमा भएको बैठकले अपमानजनक थर परिवर्तन गर्ने कार्यलाई अभियानात्मक रुपमा अघि बढाउने, श्रमिक समुदायका लागि राज्यले अगाडि सारेको नीति कार्यक्रम, सेवा र सुविधामा भएको अनियमितताको विषय र जनजीविकाको विषयमा संघर्ष गर्ने, सहकारी उत्पादन र व्यवसायको माध्यमबाट मोर्चालाई आत्मनिर्भर बनाउन पहल गर्ने भएको छ ।
जन्म, विवाह, मृत्यु संस्कारमा नयाँ प्रगतिशील र रचनात्मक नीति र विधि अनुसार गर्ने, जनयुद्ध दिवस, सहिद सप्ताह, अन्तर्राष्ट्रिय महिला दिवस, अनेकोट सांस्कृतिक प्रतिरोध दिवस, बेपत्ता योद्धा स्मृति दिवस रचनात्मक कार्यक्रम गरी बनाइने भएको छ । बैठकमा मोर्चाका महासचिव त्रिलोचन सी, केन्द्रीय सचिव उमेश सीलगायतले बोलेका थिए ।
नेपाल कम्युनिष्ट पार्टी तथा पार्टी निकटका भातृ संगठन श्रमिक समुदाय मोर्चा नेपालको संयुक्त आयोजनामा उक्त विरोध तथा खबरदारी र्यालीसमेत निकालिएको छ । र्यालीका सहभागीले वित्तीय क्षेत्रको शोषण अन्त्य गर, राष्ट्रिय उद्योगी र व्यापारीलाई राहत दे, मिटर ब्याजीलाई कारवाही गर, लघुवित्त ज्यादती अन्त्य गर, एक अंकको ब्याजदर लागू गर, दलाल पुँजीवादी व्यवस्था मुर्दावाद जस्ता नारा लगाएका थिए ।








समाधानलाई ‘राष्ट्रिय क’ वर्गको मान्यता
इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया