तनहुँमा चन्दा बटुलेर शिव मन्दिर

समाधान संवाददाता २०७९ फागुन ७ गते १६:२४

दमौली ।
व्यास नगरपालिका–२ स्थित अमरापुरी पुलचोकमा स्थानीय धार्मिक व्यक्तित्वको सक्रियता इशानेश्वर शिव मन्दिर निर्माण गरिएको छ । मन्दिरमा नाग र शिवको मूर्ति राखिएको छ । अमरापुरी पुलचोक टोलविकास सस्थाको नेतृत्वमा इशानेश्वर महादेव मन्दिर व्यवस्थापन समिति गठन गरी मन्दिर स्थापना गरिएको हो ।

Advertisement

टोलमा आध्यामिक सन्देश दिन तथा सुन्दरताको मन्दिर स्थापना गरिएको टोल विकास सस्थाका कर्णबहादुर खड्काले बताए । मन्दिर निर्माणका लागि मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हर्षनारायण कायस्थ तथा उनकी धर्मपत्नी लक्ष्मी कायस्थले ८५ हजार पाँच सय ५५ रुपियाँ श्रेष्ठले नै ८० हजार सहयोग गरेको खड्काले जानकारी दिए ।

करीव दुई लाख ५० हजार खर्च गरी मन्दिर निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका सचिव संगीता अधिकारीले जानकारी दिए । मन्दिरको एक कार्यक्रमकाबीच शिवरात्रीको अवसरमा शनिबार व्यास नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष काशीराम श्रेष्ठले उद्घाटन गरे । सो अवसरमा वडाध्यक्ष श्रेष्ठ चन्दा संकलन गरी मन्दिर निर्माण गरिनु उदाहरणीय काम भएको बताए ।

विकासका लागि सरकारको मात्रै मुख ताक्नु पर्दैन भन्ने सन्देश मन्दिर निर्माणबाट भएको उनले उल्लेख गरे । वडाध्यक्ष श्रेष्ठले हाल घाटमा टेन्डर नलाग्नु तथा जग्गा वर्गीकरणको कामले गर्दा मालपोतबाट प्राप्त हुने राजस्व प्रभावित भएकाले विकासको काम प्रभावित भएको बताए । उनले त्यस क्षेत्रको विकासको लागि सधैं ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

वडा सदस्य सुरेश वाग्लेले जहाँका मानिस विकासका लागि सक्रिय हुन्छन् त्यही क्षेत्रमा छिटो विकास हुने बताए । त्यो क्षेत्रमा आवतजावतका लागि सहज बनाउन सडक कालोपत्रे गर्ने कार्यलाई प्राथमिकता दिएको बताए । मन्दिरको शनिबार विधिपूर्वक प्राण प्रतिष्ठा गर्नुको साथै लाखबत्तीसमेत बालिएको छ । शनिबार रातभर जाग्रम बस्ने, बक्ति बाल्ने कार्यक्रम पनि राखिएको समितिले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया