राष्ट्रपति राष्ट्रिय सहमतिमै हुनुपर्छ: गुरुङ

समाधान संवाददाता २०७९ फागुन ८ गते १०:३३
n]vgfy, & kmfu'g M kqsf/ e]63f6 sfo{qmddf dxf;lrj u'?ª k|]; ;]G6/ g]kfn sf:sLåf/f cfOtaf/ kf]v/fdf cfof]lht kqsf/ e]63f6 sfo{qmddf ;d;fdlos /fhgLlts laifodf wf/0ff /fVb} g]skf -dfcf]jfbL s]Gb|_ sf dxf;lrj b]j u'?ª . tl:a/M Clif/fd a/fn÷/f;;

पोखरा ।
नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले साझा व्यक्ति राष्ट्रपति हुनुपर्ने बताएका छन् । आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासचिव गुरुङले पक्ष र विपक्ष नभन्ने संस्थामा साझा व्यक्ति र राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएका हुन् ।

Advertisement

सत्ता र विपक्ष भन्ने परिकल्पना नगरिएको ठाउँमा सहमति हुन नसक्ने कारण नहुनुपर्ने उनको भनाइ छ । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सत्ता र विपक्ष नभनी विश्वासको मत प्राप्त भएको हुँदा राष्ट्रपतिमा राष्ट्रिय सहमति आवश्यक भएको औंल्याए ।

महासचिव गुरुङले पूर्वराजा ज्ञानेन्द्र शाहको विज्ञप्ति औचित्यपूर्ण नभएको दाबी गरे । प्रेस सेन्टर कास्कीले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव गुरुङले यस्तो बताएका हुन् । ‘पूर्वराजा ज्ञानेन्द्रसँग कुन मुद्दामा सहकार्य गर्ने ?

देशमा संविधान, गणतन्त्र स्थापना भइसकेको छ । लोकतन्त्र र संविधानको रक्षा गर्न सहकार्य हुन्छ,’ उनले भने, ‘तर उहाँहरूले संविधान र गणतन्त्र स्वीकार नगरेकाले पूर्वराजा ज्ञानेन्द्रसँग कुनै सहकार्यको औचित्य छैन ।’

सबै राजनीतिक दलले समर्थन गर्न सक्ने व्यक्ति नै राष्ट्रपति हुने गुरुङले बताए । ‘वर्तमान परिस्थिति हेरेर अहिले खतरा हुन सक्ने आकलन माओवादीले गरेको छ । संविधान र राष्ट्रियतालाई जोखिममा पर्न सक्ने परिस्थितिलाई मध्यनजर गरेर सहमतिमै राष्ट्रपति चयन गर्छौँ,’ उनले भने ।

Advertisement

यही फागुन २५ गने हुने राष्ट्रपति निर्वाचनका लागि १३ गते मनोनयन दर्ता गर्ने तालिका छ । अहिलेको सत्ता गठबन्धन बन्दा सत्तारुढ दलबीच राष्ट्रपति एमालेले पाउने सहमति बनेकाले पूर्वसहमतिबाट यताउति हुन नसक्ने एमालेको अडान छ ।

यता, माओवादी केन्द्रले भने सरकार बनेपछि सबै दलले विश्वासको मत दिएको र राष्ट्रपति सबैको साझा, एकताको प्रतीक भएकाले सर्वस्वीकार्य व्यक्तित्वलाई अघि सार्नुपर्ने जनाएको छ । राष्ट्रपतिका कुरा नमिल्दा अहिलेको गठबन्धनै संकटमा पर्न सक्ने आकलन भइरहेका छन् ।

तपाईको प्रतिक्रिया