
म्याग्दी ।
म्याग्दीको प्रमुख धार्मिक पर्यटकीय स्थल बेनी नगरपालिका ९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा एकै दिन ४ लाखभन्दा बढी भेटी संकलन भएको छ ।
महाशिवरात्री पर्वको अवसरमा शनिबार गलेश्वर शिवालयको दर्जन र पूजाआजा गर्न आएका भक्तजनबाट ४ लाख ३५ हजार ३७ भेटी संकलन भएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका सदस्य सचिब बलबहादुर खत्रीले जानकारी दिए ।
मन्दिरमा भक्तजनले चढाएको भेटी आइतबार कोषका समिति, कर्मचारी, गलेश्वर बजारबासी, आमा समूह, सशस्त्र प्रहरी र नेपाल प्रहरीको उपस्थितमा गनिएको हो ।
भक्तजनले मुल मन्दिर लगायत विभिन्न स्थानमा चढाएको भेटीसँगै त्रिशूल चढाउनी, ग्रहशान्ति, रुद्री लगायतका पूजा गर्दा गरेको दानसार्वजनिक गरिएको कोषका सदस्य सचिव खत्रीले जानकारी दिए ।
प्रसिद्ध धार्मिकस्थल गलेश्वर मन्दिरमा महाशिवरात्रीको पर्वको अवसरमा दर्शन र पूजाआजाका लागि म्याग्दीका ग्रामीण भेगसँगै छिमेकी जिल्ला बागलुङ, पर्वत पोखरा, काठमांडौ लगायतका ठाउँबाट ३० हजारभन्दा बढी भक्तजन आएको कोषका अध्यक्ष माधवप्रसाद रेग्मी बताउँछन् ।
मुक्तिनाथ मन्दिरको प्रवेशद्वारमा रहेको गलेश्वरधाम हिन्दू धर्मावलम्बीको प्रसिद्ध तीर्थस्थल हो । गलेश्वरधामको दर्शन र पूजाआजा गरेमा सुख, शान्ति र समृद्धि हुने जनविश्वास छ ।

राकेश शर्मा
शर्मा समाधान राष्ट्रिय दैनिकका म्याग्दी संवाददाता हुन् ।







लमजुङमा जिपको ठक्करबाट बालिकाको मृत्यु
‘गाउँघरको माया’ बोलको लोकगीत सार्वजनिक
डब्लुटिएममा सहभागी नेपाली व्यवसायी रुष्ट, पैसा फिर्ता मागे
रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया