‘दलित आन्दोलनको बहसलाई रचनात्मक र सिर्जनात्मक बनाउनुपर्छ’

पोखरा ।
दलित आन्दोलनको बहसलाई रचनात्मक र सिर्जनात्मक बनाउन सांसदहरुले आग्रह गरेका छन् । राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्र, प्रदेश र जिल्लाको संयुक्त आयोजनामा भएको दलित आन्दोलन र आरक्षण नीति विषयक गोष्ठीमा बोल्दै वक्ताहरुले उक्त कुरा बताएका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले दलित आन्दोलनलाई आफुले दलभन्दा माथि उठेर सुरुदेखी नै अंगालेको बताए । उनले आफु मुख्यमन्त्री भएपश्चात धेरै काम गर्न बाँकी रहेको सुनाउँदै दलित हक हित र अधिकारका लागि गर्नुपर्ने आवश्यक कामहरुको निर्देशन र सुझाव दिन समेत अनुरोध गरे ।
आफु मुख्यमन्त्री हुने अवस्था नरहँदा राजनैतिक घटनाका कारण नसाेचेको भएको र मुख्यमन्त्री हुँदै गर्दा गोष्ठीबाट आउने हरेक शब्दको सम्बोधन गर्ने बताए । राणा शासन अन्त्यका लागि लड्दै गर्दा मृत्यु दण्डको सजाय भोगेको व्यक्ति भएकाले पार्टीभन्दा पनि नागरिक प्यारो भएको उनको भनाइ छ । संविधान बनाउँदा समेत समस्या रहेकाले अधिकारको प्रत्याभुत अहिलेसम्म हुन नसकेको उनले सुनाए ।
उनले धार्मिक ग्रन्थमा कुनै जातिय विभेद नभएको तर विश्वमा जसले राम्रो काम गर्यो उसैलाई दलित भनि हेपिएको बताए । ‘यो बहसलाई रचनात्मक र सिर्जनात्मक बनाऔं । हामीले उपभोग गर्ने हरेक सामान बनाउने कला भएका महान व्यक्तिहरु दलित कहलिए’ उनले भने, ‘मेरो प्राथमिकतामा यो आन्दोलन पर्छ । दलभन्दा माथि उठेर यो आन्दोलमा साथ हिजो पनि दिए आजपनि दिन्छु र भोलि पनि ।’
प्रदेश भित्रकै जिल्लामा जान अन्य प्रदेशकाे बाटाे भएर जानुपर्ने समस्या छिट्टै समाधान गर्ने उनले सुनाए । उनले गण्डकीका दलित सहिदको सपनालाई आफ्नो कार्यकालमा पुरा गर्ने प्रतिवद्धता व्यक्त गरे ।
गण्डकीका अर्थमन्त्री सीताकुमारी सुन्दासले दलितहरु अब नेतृत्वदायी भूमिकामा आउने काम गर्नुपर्ने बताएकी छन् । उनले प्रदेशमा आफुहरुले सिमित स्रोत साधनका बाबजुत नयाँ कामको थलानी गरेको र थोरै बजेटमा धेरै काम गर्न बाध्य भएको बताइन् ।
अहिले पनि दलित नीति निमार्ण गर्ने स्थानमा रहेको र अब प्रशासनिक क्षेत्रमा समेत दलित उपस्थिति हुन जरुरी रहेको भनाइ राखिन् । ‘हामी नीति निमार्ण गर्ने ठाउँमा पुगेका छौं । निष्ठाले लाग्न जुरुरी छ । हिजो हाम्रा शहिदले देखेको सपना र खेलेको भूमिकालाई सफल बनाउन हामी असल र सभ्य भएर लाग्नुपर्ने छ’ उनले भनिन्, ‘ अब प्रेरणाको काम गर्नुपर्ने बेला भएको छ ।
जनितिमा दलितको मुक्तिका लागि लड्नुपर्छ । लेखनबाट समेत एक ठाउँमा उभ्एिर काम गरौं ।’ उनले समानातामा आधारित समाज सिर्जनाका लागि काम गर्न जुरुरी रहेको स्पष्ट पारिन् ।
राष्ट्रिय दलित पत्रकार संघका केन्द्रिय अध्यक्ष विनोद पहाडीले पँहुचको आधारमा अन्य जातले स्थान पाउँदा दलित भएकै कारण क्षमता भएरपनि मिडिया क्षेत्रमा उचित ठाउँ नपाएको गुनासो पोखे । ‘दलितले क्षमताको आधारमा पनि ठाउँ पाएनन् । पहुँचको आधारमा आफ्नो जातिको मानिसलाई मात्र स्थान दिइयो ।
मिडिया क्षेत्रमा समेत क्षमता भएका दलित जातिका व्यक्तिहरुले उचित ठाउँ पाउन सकेनन्’ उनले भने,‘ सात दशक पुगेको नेपाल पत्रकार महासंघका दलित कोटा भन्दा बाहिरको निष्पक्ष भएर दलित कहिले आउन सक्छ रु कोटाको विषयमा बेलाबेलामा आउने बहस प्रति सबै एक भएर बहस गर्न आवश्यक छ ।’ उनले अब रानीतिक दलमा विद्रोह गर्न आवश्यक रहेको सुनाए ।
संविधानसभा सदस्य परशुराम रम्तेलले दलितका मुद्धाहरुलाई कसरी अगाडि बढाउने र दलित भन्ने वित्तिकै मनोबल घटाउने काम गरिदै आएको बताए । उनले दलितप्रति स्पष्ट कानुन निर्माण नहुँदा समस्या आएको सुनाए । उनले सुरक्षित राजनैतिक प्रणाली लागु गर्नुपर्ने समेत बताए । ‘दलित जाति प्रत्यक्ष निर्वाचित बनाउँदा जनसंख्या बढी भएको स्थानमा जुनसुकै पार्टीले पनि सुरक्षित राजैनैतिक प्रणाली लागु गर्नुपर्छ ।’ उनले भने ।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य राजु नेपाली, नेपाली कांग्रेस केन्द्रिय नेता गुरु बराल, नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य सरिता तिमिल्सिना पगेनी, दलित पत्रकार संघ गण्डकी प्रदेश अध्यक्ष रेम विक लगायतले आफ्नो भनाइ रोखका थिए । कार्यक्रम संचालन दलित पत्रकास संघका केन्द्रिय उपाध्यक्ष दिपक परियारले संचालन गरेका थए ।
तपाईको प्रतिक्रिया