संगम कप आजदेखि

समाधान संवाददाता २०७९ फागुन ८ गते १२:१९

पोखरा ।
पोखरा १३ मा रहेको संगम क्लबको आयोजनामा सोमबारदेखि आठौं संस्करणको संगम कप विल स्मृति फुटवल प्रतियोगिता २०७९ हुने भएको छ । फुटवल खेलको विकास गर्ने उद्देश्यले यही फागुन ८ देखि १३ गतेसम्म पोखरा रंगशालामा हुने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको क्लबले जनाएको छ ।

Advertisement

सोमबार पहिलो खेल आयोजक संगम क्लब र सत्य युवा क्लब बी थट्टीन बीच हुने भएको प्रतियोगिताका संयोजक शिव गुरुङ (माया) ले बताए । सोमबार नै शीतल ज्योति क्लब र एलजी एसोसियसनबीच दोस्रो खेल हुने भएको छ ।

प्रतियोगितामा १६ टिमको सहभागिता छ । अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीमा आबद्ध भएका क्लबीच मात्र प्रतिष्पर्धा हुने उक्त प्रतियोगिताबाट कास्कीको टिम तयार पार्न २५ जना खेलाडी छनोट भएका छन् ।

विजेतालाई १ लाख ७५ हजार, उपविजेतालाई १ लाख साथमा ट्रफी मेडल र प्रमाण पत्र वितरण गरिने क्लब अध्यक्ष नरेन्द्रजंग गुरुङले बताए । तल्लो स्तरबाटै फुटबल खेलको विकास गर्ने उद्देश्यले उक्त प्रतियोगितालाई क्लबले निरन्तर रुपमा आयोजना गर्दै आएको उनले जनाए । प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा सहारा हङकङ र संगम एलजी हङकङ छ ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडीलाई ७ हजार, प्रतियोगितामा उत्कृष्ट स्टाइकर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट मिड फिल्डरलाई जनही ५ हजार पुरस्कार प्रदान गरिने भएको छ । संगम क्लबले २०६८ मा जिल्लामा छनोट भई राष्ट्रिय लिगसमेत खेलेको थियो ।

Advertisement

क्वाटरफाइनलबाट हरेक खेलमा म्यान अफ दी म्याचलाई ट्रफीको साथमा १ हजार रुपैयाँ प्रदान गरिने भएको छ । पूर्वखेलाडी संगम क्बलका संस्थापक सदस्य एवं कप्तानसमेत रहेका बिल तामाङको स्मृतिमा क्लबले यो प्रतियोगिता सञ्चालन गरेको हो ।

तपाईको प्रतिक्रिया