‘अभिभावकविहीन बालबालिकालाई राज्यको संरक्षण’

लेखनाथ ।
विभिन्न कारणबाट अभिभावक विहीन भएका बालबालिकाका लागि संस्थागत संरक्षण आवश्यक भएकोमा जोड दिइएको छ । नेपाल बाल संगठन कास्कीले आयोजना गरेको बालगृहको आवस्यकता, अवस्था र चुनौती विषय अन्तरक्रियाका सहभागीले अभिभावक विहीन बालबालिकाको उचित रुपमा संरक्षण गर्नका लागि राज्यको तर्फबाट नीतिगत योजना आउनुपर्नेमा जोड दिए ।
उनीहरुलाई उचित रुपमा संरक्षण गर्न सकिएन भने त्यसको भार राज्यलाई पर्ने उनीहरुले औंल्याए । पोखरा महानगरपालिका सामाजिक विकास समिति संयोजक तथा वडा नं १७ की वडाध्यक्ष राधिका शाही योगीले राज्यका नीति र कानुन नै फितलो हुँदा दिन प्रतिदिन अभिभावक विहीन बालबालिकाको सख्या बढ्दै गएको दाबी गरिन् ।
यसलाई कसरी कम गर्न सकिन्छ भन्ने विषयमा विज्ञ र सरोकारवालाबीच गम्भीर विमर्श आवश्यक भएको उनको भनाइ छ ।
नेपाल बाल संगठन कास्की अध्यक्ष वामदेव ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा बाल अधिकार परिषद समन्वय अधिकृत बद्रिप्रसाद वाग्ले, नेपाल बाल संगठन कास्की सचिव प्रभा भुजेल, उपाध्यक्ष रामहरि ढुंगाना लगायतले बोलेका थिए ।







सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया