मंगलेश्वर महादेव मन्दिरमा मेला

समाधान संवाददाता २०७९ फागुन ८ गते १६:२०

गोरखा ।
पालुङटार नगरपालिका ७ च्याङ्लीमा रहेको मंगलेश्वर महादेव मन्दिरमा शिवरात्रीका दिन धार्मिक तथा संस्कृतिक मेला भएको छ । हरेक बर्ष जस्तो यो वपर्ष पनि च्याङ्ली सामुदायिक सिकाई केन्द्रको आयोजना र पालुङ्टार नगरपालिकाका, मंगलेश्वर महादेव मन्दिर व्यवस्थापन समिति, खोलाघाट भट्टफाँट टोल विकास संस्था, दिगो महिला समूह, मंगलेश्वर किसान क्लब महिला समुह, जनसृजना महिला समूह लगायतको सहयोगमा मेला भएको हो ।

Advertisement

कार्यक्रममा गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले चाडपर्वको नाममा हुने विसंगति र विकृति अन्त्य गर्न आवश्यक रहेको जनाए । चाडपर्वको बेला संस्कार र संस्कृति जोगाउनेतर्फ भन्दा पनि रमाइलो गर्ने बाहानामा अनेक हर्कत हुने गरेको उनको भनाइ छ ।

प्रदेश सांसद फणीन्द्र देवकोटाले यस क्षेत्रको विकास र समृद्धिका लागि आफूले प्रदेशबाट गर्न सक्ने सहयोग निरन्तर गर्ने प्रतिवद्धता गरे । पालुङटार नगरपालिकाकी उपप्रमुख वन्दना पाण्डेले स्थानीय बजेटले पर्याप्त काम गर्न नसकिने हुँदा प्रदेश वा केन्द्रलाई हारगुहार गर्नु परेको सुनाए ।

प्रदेश सभामुख र सांसद भएकै बेला यो मंगलेश्वर महादेव परिसर हेरेर थप विकासमा के कस्ता पहल गर्न सकिन्छ गरिदिनसमेत उनले आग्रह गरे । मन्दिर परिसरमा नवनिर्मित विवाह मण्डपसमेत सभामुख धितालले उद्घाटन गरे ।

Advertisement

तपाईको प्रतिक्रिया