जिल्ला बुद्धिचाल संघकाे अध्यक्षमा अनिल

पोखरा ।
जिल्ला बुद्धिचाल संघ कास्कीको अध्यक्षमा अनिलबहादुर कोइराला निर्वाचित भएका छन् । संघको उपाध्यक्षमा विनोद नाल्मी, सचिव प्रेमबहादुर विश्वकर्मा र कोषाध्यक्ष नरेन्द्र रानाभाट निर्वाचित भएका छन् ।
सदस्यमा चन्द्रप्रसाद देवकोटा, पूजा भण्डारी र किरणकुमार रञ्जित छन् । युवराज भण्डारी, पूजा भण्डारी र शुक्रकुमार प्रधान संघको प्रदेश प्रतिनिधि र रामबहादुर क्षत्री केन्द्रीय प्रतिनिधिमा चुनिएका छन् ।
नेपाल बुद्धिचाला महासंघ केन्द्रीय तदर्थ समितिका उपाध्यक्ष हिराकाजी महर्जनको संयोजकत्वमा भूतपूर्व महासंघ केन्द्रीय सदस्य प्राचार्य बाबुराम पन्त र गण्डकी प्रदेश तदर्थ समिति सदस्य महेश्वर अधिकारीसहितको ३ सदस्यीय निर्वाचन समितिले जिल्ला समिति, प्रदेश प्रतिनिधि र केन्द्रीय महासंघ प्रतिनिधि चयन गरेको हो ।
नवनिर्वाचित अध्यक्ष कोइरालाले संघको गरिमा र महिमालाई उचो बनाउन कुनै कसर बाँकी नराख्ने बताए ।







जेन–जी आन्दोलनमा तोडफोड र लुटपाट गर्ने ४ जना पक्राउ
आन्दोलनका बेला प्रहरी कार्यालयबाटै मोटरसाइकल चोरी गर्ने २ जना पक्राउ
क्रिकेट विकासमा नेपथ्यको साथ
प्रदेशसभा बैठक सोमबार, मुख्यमन्त्रीले संवोधन गर्ने, गाँजा विधेयक पेस हुने
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया