२७ युनिट रगत संकलन

समाधान संवाददाता २०७९ फागुन ९ गते ११:१०

पोखरा ।
लायन्स क्लब अफ पोखरा कुमुद र प्रेरणा नेपालले संयुक्त रुपमा सोमबार आयोजना गरेको रक्तदानमा २७ युनिट रगत संकलन भएको छ । कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक्ट ३२५ केका ब्लड डोनेसन डिपार्ट प्रमुख कृष्ण कतिलाले रगत दानलाई सर्वसाधारणले आफ्नो जीवनकै एउटा कर्तव्यको रुपमा बुझ्नुपर्ने बताए ।

उनले पछिल्लो समय रगत दान गर्दा कमजोर भइन्न भन्ने सचेतना बढेको उल्लेख गर्दै खेर जाने रगत दान गर्दा अरुको जीवन बाच्ने तथ्य मनन गर्न आग्रह गरे ।

लायन्स क्लब अफ पोखरा कुमुद र प्रेरण नेपाल दुवै संस्थाकी अध्यक्ष मीना गुरुङले संघ, संस्था र नागरिकको स्वतःस्फूर्त पहलबाटै रगतको आपूर्ति हुने बताइन् । उनले भनिन्, ‘खेर जाने रगत दान गरौं, जीवन बचाऔं । यो भन्दा ठूलो दान अरु छैन ।’

Advertisement

रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा लायन्य कुमुदकी सचिव विष्णु गुरुङ ‘एकता’ र रक्तदान संयोजक कुमुदकी द्वितीय उपाध्यक्ष शुष्मा कार्कीले समेत बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया