२७ युनिट रगत संकलन

पोखरा ।
लायन्स क्लब अफ पोखरा कुमुद र प्रेरणा नेपालले संयुक्त रुपमा सोमबार आयोजना गरेको रक्तदानमा २७ युनिट रगत संकलन भएको छ । कार्यक्रममा लायन्स क्लब डिस्ट्रिक्ट ३२५ केका ब्लड डोनेसन डिपार्ट प्रमुख कृष्ण कतिलाले रगत दानलाई सर्वसाधारणले आफ्नो जीवनकै एउटा कर्तव्यको रुपमा बुझ्नुपर्ने बताए ।
उनले पछिल्लो समय रगत दान गर्दा कमजोर भइन्न भन्ने सचेतना बढेको उल्लेख गर्दै खेर जाने रगत दान गर्दा अरुको जीवन बाच्ने तथ्य मनन गर्न आग्रह गरे ।
लायन्स क्लब अफ पोखरा कुमुद र प्रेरण नेपाल दुवै संस्थाकी अध्यक्ष मीना गुरुङले संघ, संस्था र नागरिकको स्वतःस्फूर्त पहलबाटै रगतको आपूर्ति हुने बताइन् । उनले भनिन्, ‘खेर जाने रगत दान गरौं, जीवन बचाऔं । यो भन्दा ठूलो दान अरु छैन ।’
रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रममा लायन्य कुमुदकी सचिव विष्णु गुरुङ ‘एकता’ र रक्तदान संयोजक कुमुदकी द्वितीय उपाध्यक्ष शुष्मा कार्कीले समेत बोलेका थिए ।









लामिनारद्वारा ‘मेरो सपनाको घर’ अभियान
बोन म्यारो पीडित थापाको सहयोग याचना
लोक दोहोरी प्रतिष्ठान गण्डकीको अध्यक्षमा माया गुरुङ
प्रविधिको विकासले हिंसाका स्वरुप फेरिए
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया