एसियन फन रन म्याराथनमा सहभागी हुँदै दराज

काठमाडौं ।
दराज नेपाल ओलम्पिक कमिटीको साथमा एसियाली खेलकुद फन रनमा सहभागी हुने भएको छ । युवा खेलाडीको विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले दराजले ओलम्पिक कमिटीमा सहभागी हुनुका साथै सहयोग गर्ने भएको हो ।
एसियाली खेलकुद प्रवद्र्धन गर्न, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र नेपाल ओलम्पिक समितिले मिलेर एसियन फन रन म्याराथन आयोजना गर्दैछ । म्याराथनमा कुल सहभागीमध्ये दराजबाट १४ धावकले भाग लिने छन् ।
म्याराथन शुक्रबार हुनेछ । यो पाटन दरबार स्क्वायरमा बिहान साढे ६ बजे सुरु हुनेछ । दौडमा पाटन हुँदै लगभग ३.५ किलोमिटरको कोर्स हुनेछ र यसले सहभागीलाई शारीरिक गतिविधिमा संलग्न हुँदै गर्दा सहरका केही प्रसिद्ध स्थलहरू हेर्ने अवसर प्रदान गर्नेछ ।
एसियाली खेलकुद फन रन नेपाल ओलम्पिक कमिटीसँग एसियाली खेलकुद प्रवद्र्धनका लागि भएको प्रयास हो । एसियाली खेलकुद फन रन नेपालसहित १२ देशमा फेब्रुअरी र मार्चमा हुने तय भएको छ भने ओसिएले पहिले नै गत अक्टोबरमा कम्बोडिया, उज्वेकिस्तान, थाइल्यान्ड, कुवेत र साउदी अरेबियामा ओभरसिज टुर सुरु गरेको थियो ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया