जेसिएको विजय यात्रा जारी

पोखरा ।
हिसान गण्डकी प्रदेश फुटसल प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । पहिलो खेलमा फिचर बाइटर स्कुल बागलुङले सगरमाथा मावि पोखरा ए लाई ७–२ गोल अन्तरले हराउँदै सेमिफाइनल प्रवेश गरेको छ ।
बाइटरका लागि बिक्की थापा र यमबहादुर गुरुङले समान २ गोल, यमबहादुर गुरुङ, राजीव पौडेल र टिएस सेनले समान १ गोल गरे । सगरमाथाका लागि आशीष गुरुङले २ गोल गरे ।
अर्को खेलमा कास्की मोडनाइज पोखराले दि वल्ड क्यापिटलाई फराकिलो अन्तरले हरायो । कास्की मोडनाइजले वल्ड क्यापिटलाई १०–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ ।
तेस्रो खेलमा कास्की च्याम्पियन जुनियर सिटिजन एकेडेमी (जेसिए) लेखनाथ र चिल्डेन लाइफ बागलुङ भिडे । जुनियर सिटिजन एकेडेमीले चिल्डन लाइफ बागलुङलाई ५–३ गोल अन्तरले हरायो ।
पहिलो हाफमा २ गोलले पछि परेको जुनियर सिटिजन एकेडेमी दोस्रो हाफमा ५ गोल गर्यो । जुनियरका लागि विकास परियारले ह्याट्रिक पूरा गरे भने सन्दीप क्षेत्रीले २ गोल गरे । चिल्डेन लाइफका लागि निश्चल महतले २ र मनोज थापाले १ गोलको योगदान गरे ।
अन्तिम खेलमा सगरमाथा बिले करुणानिधि एजुकेसन फाउन्डेसन (केफ)लाई फराकिलो अन्तरले हरायो । सगरमाथाले केफलाई ६–१ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गर्यो ।
सगरमाथाका लागि प्रमोद गुरुङले २ गोल, सागर गुरुङ, सरन क्षेत्री, समिप क्षेत्री र व्रिटेन आलेले समान १ गोल गरे । मंगलबार सेमिफाइनलका २ खेल हुने प्रतियोगिताका व्यवस्थापन गरिरहेको सबिन ममोरियल क्लबका अध्यक्ष सञ्जय लिगल बताए ।
तपाईको प्रतिक्रिया