उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति

काठमाडौं ।
एनसेल आजियाटा लिमिटेडले व्यावसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायका उत्कृष्ट विद्यार्थीलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान गरेको छ ।
एनसेलले सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल ईन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरेको हो ।
१८ शीर्षक अन्तर्गत पहिलो वर्ष, दोस्रो वर्ष र तेस्रो वर्षको परीक्षाको नतिजाका आधारमा सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् एन्ड कम्युनिकेसन, कम्प्युटर र मेकानिकल इन्जिनियरिङ संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति सम्मान गरिएको हो ।
उत्कृष्ट नतिजा ल्याई उक्त संकायबाट स्नातक उत्तीर्ण गरेका ६ जना विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको हो ।
पुल्चोक क्याम्पसका क्याम्पस चीफ एसोसियट प्राडा ईन्द्रप्रसाद आचार्य र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले संयुक्त रुपमा विद्यार्थीलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका हुन् ।
एनसेलका चिफ टेक्निकल एन्ड इन्टरप्राइज बिजनेस अफिसर अदिल ईस्रार, स्ट्राटेजी डाइरेक्टर इफ्तखार इस्लाम, कर्पोरेट कम्युनिकेसन्स एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरे ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले एनसेलले दीगो विकास लक्ष्य अनुरूप सरकारले परिभाषित गरेका ३ क्षेत्रलाई उच्च प्राथमिकता दिएर अगाडि बढ्ने बताए । ‘शिक्षा हाम्रा लागि महत्वपूर्ण भएकाले हामी यस पहललाई निरन्तरता दिन तत्पर छौं,’ कार्यकारी प्रमुख चोङले भने ।
२०७१ सालबाट सुरु गरिएको यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्ने उद्देश्य राखेको छ ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया