पाेखराकाे पर्स्याङमा पाेखरीमा डुबेर ४ वर्षीय बालकको मृत्यु
समाधान संवाददाता
२०७९ फागुन ९ गते १४:३९

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ५ पस्र्याङमा स्थित पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । घर नजिकै रहेको पोखरीमा डुबेर ४ वर्षीय सुहौन केसीको मृत्यु भएको हो ।
सोमबार बेलुका घर नआएपछि खोजी कार्य गर्दै जाँदा पोखरीमा डुबेको अवस्थामा फेला परको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो । घर अगाडी रहेको खुडेपोखरीमा खेल्ने क्रममा डुबेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘हिजोबाट घरमा नआएपछि खोजीकार्य जारी थियो ।
मंगलबार बिहानै घर नजिकैको पोखरीमा खोजी कार्य गर्दा डुबेको अवस्थामा मृत भेटिएका हुन्,’ वडा नम्बर ५ की पूर्व वडा सदस्य अञ्जु क्षेत्रीले भनिन् । घर पर्वत भएपनि धारापानीमा बस्दै आएका थिए ।
सम्बन्धित









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया