पाेखराकाे पर्स्याङमा पाेखरीमा डुबेर ४ वर्षीय बालकको मृत्यु
समाधान संवाददाता
२०७९ फागुन ९ गते १४:३९

पोखरा ।
पोखरा महानगरपालिका वडा नम्बर ५ पस्र्याङमा स्थित पोखरीमा डुबेर बालकको मृत्यु भएको छ । घर नजिकै रहेको पोखरीमा डुबेर ४ वर्षीय सुहौन केसीको मृत्यु भएको हो ।
सोमबार बेलुका घर नआएपछि खोजी कार्य गर्दै जाँदा पोखरीमा डुबेको अवस्थामा फेला परको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको हो । घर अगाडी रहेको खुडेपोखरीमा खेल्ने क्रममा डुबेको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ‘हिजोबाट घरमा नआएपछि खोजीकार्य जारी थियो ।
मंगलबार बिहानै घर नजिकैको पोखरीमा खोजी कार्य गर्दा डुबेको अवस्थामा मृत भेटिएका हुन्,’ वडा नम्बर ५ की पूर्व वडा सदस्य अञ्जु क्षेत्रीले भनिन् । घर पर्वत भएपनि धारापानीमा बस्दै आएका थिए ।
सम्बन्धित









पोखरा बहुमुखीमा लैंगिक हिंसा विरुद्ध सचेतना
ट्रेल रनिङ प्रतियोगितामा पुरुषतर्फ नेपाल र महिलातर्फ अमेरिकालाई उपाधि
एनप्याब्सन क्रिकेटमा ५ खेल
ददिको ज्ञानिकामाथि पोखरामा विमर्श
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया