हेमजामा चैत २६ बाट आलु महोत्सव

समाधान संवाददाता २०७९ फागुन ९ गते १६:५९
Exif_JPEG_420

पोखरा ।
आलु गाउँका रुपमा ख्याति कमाएका कास्कीको हेमजामा आगामी चैत २६ गतदेखि बैशाख ३ गतेसम्म ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार आऔं, आलु एक, परिकार अनेक’ भन्ने नाराका साथ विष्णुुपादुका खेलमैदान पोखरा २५ हेमजामा महोत्सव हुनेछ ।

Advertisement

मंगलबार हेमजामा बसेको भेलाले सुबिन श्रेष्ठको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ । समितिको महासचिवमा वसन्तकुमार श्रेष्ठ, सचिव चन्द्रमान श्रेष्ठ तथा कोषाध्यक्षमा मधुर कुँवर छन् । भेलाले विभिन्न उपसमिति पनि गठन गरेको छ ।

अर्थ संकलन उपसमिति संयोजकमा डम्बरबहादुर कुँवर, लेखा उपसमिति संयोजक राम सापकोटा, स्टल रेस्टुरेस्ट उपसमिति संयोजक राजेन्द्र थापा, आमा समूह परिचालन उपसमिति संयोजक उमा भुर्तेल, अतिथि सत्कार उपसमिति संयोजक शान्ता केसी, सांस्कृतिक उपसमिति संयोजक दानबहादुर थापा, सुरक्षा व्यवस्थापन उपसमिति संयोजकको जिम्मेवारी डम्बरबहादुर अधिकारीलाई दिइएको छ ।

भेलाले पानी बिजुली उपसमिति संयोजकमा केशव गिरी, यातायात तथा पार्किङ उपसमिति संयोजकमा बिपिन थापा, बैंक तथा बित्तीय संघ, संस्था समन्वय उपसमिति संयोजकमा कृष्ण पौडेल, स्वयंसेवक परिचालनमा अस्बिन थापा, प्रचारप्रसार उपसमितिमा निराजन अधिकारी, झाँकी, र्‍याली व्यवस्थापनमा पार्वती बाँस्तोला, कृषि परिचालन उपसमिति जयराम तिमिल्सिना, प्राथमिक उपचारमा अनिल पौडेल, छपाइ तथा अनलाइन व्यवस्थापनमा नरेस सिरस र वैदेशिक समन्वयमा मनोज कार्कीले जिम्मेवारी पाएका छन् ।

वि.स २०६६ देखि वार्षिक रुपमा चैतमा हुँदै आएको उक्त महोत्सवको पहिलो संस्करण स्थानीय बहुउद्देश्यीय किसान सहकारी संस्थाले, दोस्रो संस्करण तत्कलीलन हेमजा गाविस तथा तेस्रो संस्करणदेखि लगातार विष्णुपादुका क्लबले गर्दै आएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया