भजन चुड्का प्रतिष्ठानमा नयाँ नेतृत्व

समाधान संवाददाता २०७९ फागुन १० गते १०:२४

पोखरा ।
राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल गण्डकी प्रदेशको मंगलबार भएको प्रथम अधिवेशनले वसन्त बास्तोलाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । प्रतिष्ठानको वरिष्ठ उपाध्यक्ष गोपालप्रसाद भट्टचन, महिला उपाध्यक्ष अनिता पन्त, खुला उपाध्यक्ष विष्णुमाया बराल, महासचिव लेखनाथ तिवारी, कोषाध्यक्ष नारायणप्रसाद सिग्देल, सचिव नवराज अधिकारी र सहकोषाध्यक्ष कृष्णप्रसाद गौतम छन् ।

Advertisement

सदस्यमा कामना खनाल, हेमा खड्का, भीमबहादुर बराल, सुवास घिमिरे, कृष्णराज अधिकारी, प्रकाशचन्द्र बगाले, डिल्लीराज पौडेल, भुवनराज दवाडी, ऋषिराम घिमिरे, छविलाल तिवारी, भोजराज पौडेल, नेत्रबहादुर बानियाँ, कृष्णप्रसाद घिमिरे होमनाथ पराजुली, रामप्रसाद अधिकारी र विनय पौडल छन् ।

प्रतिष्ठानको केन्द्रीय समितिले आगामी फागुन २५ देखि चैत २ गतेसम्म पोखरा प्रर्दशनी केन्द्रमा गर्ने वृहत ज्ञान महायज्ञ तथा भजन चुड्का प्रतियोगिता गर्ने बारेमा छलफल भएको प्रतिष्ठानका केन्द्रीय अध्यक्ष प्रजापति पराजुलीले बताए ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले नेपाली मौलिक लोक संस्कृतिको संरक्षण गरी आउने पुस्तालाई जस्ताको तस्तै हस्तान्तरण गर्नुपर्ने बताए । ‘हाम्रा लोक भजन चुड्का पौराणिक सनातन हिन्दू धर्मसँग जोडिएका छन्,’ मेयर आचार्यले भने, ‘अहिलेको पुस्ताले भजन चुड्काको जगेर्ना गरी युवा पुस्तालाई हस्तान्तरण गर्नु पर्छ ।’

उनले कलाकारले आम जनतालाई मनोरञ्जन प्रदान गर्नुका साथै मौलिक कला, संस्कृति संरक्षण र विकासमा सहयोग पुर्‍याएको बताए । उनले मौलिक लोक दोहोरी गीत तथा भजन चुड्कालाई संरक्षण गरी सेवा उद्योग रुपमा विकास गर्नुपर्ने ‍‍औंल्याए ।

Advertisement

राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष प्रजापति पराजुलीले नेपालको मौलिक भजनकीर्तन धर्म, संस्कारसँग जोडिएको बताए । उनले लोक भजन चुड्काको संरक्षण गर्न २०६८ सालमा प्रतिष्ठान गठन गरेको जानकारी दिए । उनले प्रतिष्ठानको केन्द्रीय महाधिवशन वैशाखमा पोखरामा गर्ने योजना सुनाए ।

उनले वृहत ज्ञान महायज्ञ गरेर संकलित रकमले प्रतिष्ठानको भवन निर्माण गर्ने बताए । अध्यक्ष पराजुलीले सबै संघ, संस्थाको धार्मिक कार्यक्रममा भजन समूहको संस्थागत सहभागी बन्ने उल्लेख गरे । कार्यक्रममा लोक भजन चुड्का संरक्षणमा योगदान पुर्‍याएवापत वासुदेव सुवेदी, माधवप्रसाद पराजुली, गोपालप्रसाद भट्टचन, बलबहादुर कुँवर, युक्तनारायण पंगेनीलाई सम्मान गरिएको छ ।

कार्यक्रममा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका अध्यक्ष गणेशबहादुर श्रेष्ठ, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका केन्द्रीय सचिव खगेन्द्रराज पराजुली, केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश समितिका संयोजक भरतचन्द्र गौतम, लुम्बिनी अध्यक्ष काशीराम पोखरेल, कास्कीका अध्यक्ष शालिकराम गौतम, सचिव कृष्ण शर्मा, गोपालप्रसाद भट्टचन, विष्णु पराजुली लगायतले लोप हुन लागेको लोक भजन चुड्का संरक्षण गर्नुपर्नेका जोड दिए ।

उद्घाटन समारोहमा विभिन्न समुहले लोक भजन तथा नृत्य प्रस्तुत गरेका थिए भने विन्ध्यवासिनी वैद्विक विद्याश्रमका विद्यार्थीले स्वस्ति वाचन गरेका थिए ।

तपाईको प्रतिक्रिया