लोमान्थाङ रिङरोड सडक अलपत्र

जोमसोम ।
लोमान्थाङ गाउँपालिकाका ५ वटै वडा जोड्ने रिङरोड सडक विगत ७ महिनादेखि अलपत्र परेको छ । गण्डकी प्रदेश सरकारले ‘एक निर्वाचन क्षेत्र, एक रणनीतिक महत्वको सडक’ निर्माण सुरु गरेको थियो । निर्माण कम्पनीको ढिलासुस्ती र वेवास्ताले रिङरोड सडक निर्माणको कामले गति लिएको छैन ।
१० दशमलव ५ किमी लामो सडक निर्माणको म्याद २ पटक म्याद थप्दा पनि भौतिक प्रगति ६० प्रतिशतमात्रै छ । पछिल्लो पटक थपिएको म्याद असोज २८ गते नै सकियो । लोमान्थाङ, ठिंगर, किमलिङ, चुमजुङ, न्याम्डो हुँदै नेचुङ जोड्ने सडक निर्माणको जिम्मा इमोटल कन्ट्रक्सन प्रालिले लिएको छ ।
०७५ सालमा रिङरोड सडकको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)तयार भई २०७६ साल असार २६ गते २४ करोड रुपैयाँ लागतमा ठेक्का सम्झौता गरिएको थियो ।
पुलको सुरुवाती सम्झौता अवधि २ वर्षको रहे पनि रिङरोड सडकको काममा निर्माण कम्पनीले ढिलासुस्ती गरेको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख विवेक सिक्देलले जानकारी दिए । रिङरोडको १० दशमलव ५ किमी ग्राभेल सडकमा ८ मिटर फराकिलो मोटर बाटो निर्माण गर्ने योजना रहेको सिक्देलले बताए ।
निर्माण कम्पनीले ठेक्का मोबिलाइजेसन वापत लिएको ९७ लाख रुपैयाँ पूर्वाधार विकास कार्यालय मुस्ताङले ३ महिनाअघि नै फिर्ता लिइसकेको छ । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नर्बु गुरुङले रिङरोड सडकको काम निर्माण कम्पनीका कारण अलपत्र परेको बताए ।
उनले सडक निर्माण गर्दा निर्माण कम्पनीले गुणस्तर र मापदण्ड अनुसार काम नगरेको बताए । लोमान्थाङ रिङरोड अन्तर्गत वडा १, २ र ५ लाई राष्ट्रिय गौरवको राजमार्ग सडकले जोड्दछ । पालिकाको वडा ३ र ४ लाई पनि सडक सञ्जालले जोड्न सकेमा रिङरोड सडक अवधारणा पूरा हुनेछ भने उत्तरी कोरलानाकालाई समेत सडक कनेक्टिभिटीले जोड्ने योगदान पुग्नेछ ।









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया